माेर्डनाकाे करिब ३७ लाख खाेप आइतबार सम्म आउने


काठमाडौं । काेराेना भाइरस काेभिड-१९ बिरुद्ध बालबालिकालाई  प्रयाेग गरिने माेर्डना खाेप आगामी आइतबार सम्म करिब २७ लाख डाेज आउने भएकाे छ । काेभ्याक्स सुबिधा मार्फत बिहिवार १४ लाख ४७ हजार ६ सय डाेज आउने छ । त्यस्तै आगामी आइतबार १९ लाख ६५ हजार ६ सय डाेज आउने व्यवस्थापन महाशाखाले जनाएकाे छ । गत शुक्रबार १ लाख ८८ हजार डाेज आएकाे थियाे । आगामी तीन महिना भित्र ३ कराेड बढि खाेप आउदैछ। हाल ६० लाख बढी खाेप माैज्जात रहेकाे छ । तर, सरकारले न्यून मात्रामा लगाइरहेको छ । खाेप न्यून हुदा दिनमा ३ लाख सम्म प्रयाेग भएकाे थियाे तर, अहिले दिनमा १ लाख २५ हजारकाे संख्यामा प्रयाेग भइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com