टिकटकबाटै स्वास्थ्य परामर्श

मोबाइल चलाउँदा कस्तो पोजिसनमा बस्ने ?


काठमाडौं । चिकित्सक विरासन राजभण्डारीले सामाजिक सञ्जाल टिकटकबाटै आवश्यक स्वास्थ्य परामर्श दिने गरेका छन् ।

उनले टिकटकबाटै ढाँड दुखेकोदेखि घाँटीको नसा च्यापिएको समस्यालाई समाधान गर्न आवश्यक ‘टिप्स’ दिने गरेका छन् ।

डा. राजभण्डारीको टिकटक हेरेरै धेरैले घरमै बसिबसी नि:शुल्क स्वास्थ्य सेवा लिइरहेका छन् । यसले डा. राजभण्डारीलाई पनि टिकटकमा फेमस बगाएको छ भने टिकटकबाट दिएको टिप्सले प्रभावकारी रुपमा काम गरेको देखिन्छ ।

टिकटकले गुगललाई टपेर एक नम्बरमा स्थान सुरक्षित पार्न सफल भएको छ । यो प्रभावकारी माध्यम टिकटक चिकित्सकीय परामर्शका लागिसमेत अत्यान्तै उपयोगी पाइएको छ । डा. राजभण्डारीले टिकटकमा दिएको स्वास्थ्य परामर्शले पनि यसको पुष्टि गरेको छ ।

आम मानिसमा देखा परिरहने शरीरका विभिन्न भागको दुःखाईसम्बन्धी स्वास्थ्य समस्यालाईसमेत उनले सहज रुपले समाधान गर्ने उपाय बताईदिएका छन् ।

डा. राजभण्डारीले मोबाइल चलाएर बस्दा देखा पर्न सक्ने समस्या र कसरी बस्दा उपयुक्त हुन्छ भन्ने टिप्स अहिले धेरैले हेरेका छन् । अहिले प्रायजसो मोबाइल झुन्डिने गर्छन् । उनले मोबाइल चलाउँदा कुन पोजिसनमा बस्दा उपयुक्त हुन्छ भन्ने तरिका टिकटकमार्फत दिएका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com