स्वास्थ्य लाइभ फलोअप

भूमाफिया इन्द्र चाम्लिङको अवैध संरचना हटाउन ‘सिडिओ’को आदेश


काठमाडौं । सार्वजनिक जग्गा हडपेर भूमाफिया इन्द्र कुमार चाम्लिङले बनाएको अवैध संरचना हटाउन जिल्ला प्रशासन कार्यालय,काठमाडौंले आदेश दिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर (भद्राघले)सँगै भूमाफिया चाम्लिङले सार्वजनिक जग्गा कब्जा गरेर धमाधम संरचना बनाएपछि काठमाडौंका सिडिओले भत्काउन आदेश दिएका हुन् ।

चाम्लिङले सार्वजनिक उल्लेख कित्ता नम्बर ७७१, ७७१, ५५२, ५५३, ५४९, ६६ लगायतका कित्तामा रहेका जग्गा हडपेर संरचना खडा गरेका छन् । उनले ५४९ मा दुईतले भवन बनाएर भाडा खाइरहेका छन् । त्यस्तै अहिले ७७१, ७७२, ५५२, ५५३ र ६६ नम्बर कित्ता हडपेर नयाँ संरचना बनाउँदैछन् । त्यो संरचना भत्काउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द प्रसाद रिजालले आदेश दिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले स्वास्थ्य लाइभसँग पुष्टि गरे ।

सिडिओले अवैध संरचना हटाउन निर्देशन दिएपनि त्यो प्रक्रिया अघि बढेको छैन । एसएसपी गिरीले सिडिओको आदेश कार्यान्वयनको चरणमा रहेको दाबी गरे ।

भूमाफिया चाम्लिङले सिन्धुलीका पूर्व जिविस उपसभापति एवं एमाले नेता हेमराज घिसिङले कित्ता नम्बर १०७ उल्लेख भएको सार्वजनिक जग्गा हडपेर संरचना बाइरहेका छन् ।

त्यस्तै चाम्लिङले १९१ नम्बर सार्वजनिक कित्ता कब्जा पार्किङ बनाएका छन् । ४०९ नम्बर सार्वजनिक कित्ता जग्गा हडपेर सुदूर पश्चिम प्रेस मिट सप र साथीभाइ म:म पसललाई भाडामा लगाएर भाडा खाई ठगी गरिरहेका छन् । त्यस्तै ६५ कित्ताको

 धोबीखोला उल्लेख भएको जग्गामा अवैध संरचना खडा गरी ए-वान सुसिन मःम लगायतलाई भाडामा लगाएर ठगी धन्दा चलाइरहेका छन् । भूमाफिया चाम्लिङमाथि ठगी मुद्दा चलाउनु पर्ने आवाज उठिरहेको छ ।

चाम्लिङले धोबीखोला करिडोरमा खडा गरेको आग्लो रेष्टुरेन्ट र डिजे मार्ट लगायतले भाडामा लिएको ८ तले भवन पनि अवैध रुपमा निर्माण गरेको पाइएको छ ।

कित्ता नम्बर ५७७ उल्लेख भएको जग्गामा निर्माण गरिएको उक्त भवन २०५१ सालको सार्वजनिक जग्गा छानविन गर्न गठित उच्चस्तरीय आयोग (रावल आयोग)ले सार्वजनिक ठहर गरेको जग्गाभित्र देखिन्छ । त्यसो त चाम्लिङले उक्त ८ तले भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट अनुमति नै नलिई अवैध रुपमा संरचना खडा गरेका हुन् ।

चाम्लिङले सार्वजनिक जग्गा हडपेर संरचना बनाई मासिक ५ लाख भन्दा बढी भाडा खाने गरेको आरोप लाग्दै छ । सार्वजनिक जग्गा हडपेर ठगी धन्दा चलाउने चाम्लिङमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ठगी मुद्दा चलाउनु पर्ने देखिन्छ ।

सम्बन्धित समाचार :

भूमाफिया इन्द्र चाम्लिङले सार्वजनिक जग्गा हडपेको ‘सिडिओ’ कार्यालयको ठहर

महानगरको स्वास्थ्य संरचना छैन तर भूमाफिया इन्द्र चाम्लिङले अवैध टावर ठड्याए

वडाले स्वास्थ्यका लागि जग्गा पाएन, भूमाफिया इन्द्र चाम्लिङले सार्वजनिक जग्गामै संरचना बनाए

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com