नारायणहिटीमा बतास समूहले बदमासी गरेको ठहर


काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले बदमासी गरेको पर्यटन मन्त्रालयको छानविन समितिले ठहर गरेको छ ।

पोखारास्थित मणिपाल मेडिकल कलेज किन्दा विवादमा तानिएका बतास समूह नारायणहिटीमा पनि त्यहीँ शैलीमा प्रवेश गरेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  सहसचिव होम प्रसाद लुइँटेलको संयोजकत्वमा बनाएको छानविन समितिले नारायणहिटीमा बदमासी भएको निष्कर्ष निकालेको हो । पर्यटनमन्त्री प्रेम ओलेलाई समितिले आज छानविन प्रतिवेदन बुझाएको छ ।

समितिले ६.३४ आना जग्गामा क्याफे सञ्चालन गर्ने सम्झौता भए पनि नारायणहिटी परिसरभित्र १४ रोपनी क्षेत्रमा संरचना निर्माण भएको तथ्य फेला पारेको छ । प्रतिवेदनमा उक्त क्याफे निर्माण गर्ने क्रममा एउटै परिवारभित्रका सेयर सदस्यहरु रहेको बतास समूहका तीनवटा संस्थाले प्रतिष्पर्धामा भाग लिएकाले ठेक्का सम्झौतामा मिलेमतो भएको उल्लेख छ ।

क्यान्टिन र क्याफ्टेरिया निर्माण गर्न स्पष्ट क्षेत्र नदिइएको, दक्षिणपट्टिको प्रवेशद्वार नजिकै रहेको जग्गामा समितिको कुनै जानकारीबिनै निर्माण कार्य अगाडि बढाइएको, निर्माण रोक्न कुनै पहल नभएको, क्यान्टिन र क्याफ्टेरिया भाडामा चलनचल्तीको बजारमूल्यलाई आधार नबनाइएको छानविन प्रतिवेदनको निष्कर्ष छ । समितिले संरचना निर्माण तत्काल रोक्न सिफारिस गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com