निर्वाचन आचारसंहिता विपरीत स्वास्थ्यमन्त्री

फर्जी मिति राखेर स्वास्थ्यका उच्च अधिकारीकाे सरुवा गरेकाे खुलासा: चाैतर्फी बिरोध सुरु


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्वाचन आचारसंहिता विपरीत उच्च अधिकारीहरुकाे सरुवा गरेपछि स्वास्थ्य क्षेत्र पुन विवादमा परेकाे छ ।

निर्वाचन आयाेगले सुचना जारी गरी पुस २६ गते देखि आचारसंहिता लागुभएकाे र यसकाे उलंघन गरे कानूनी कारबाही हुने समेत जनाएकाे छ ।  तर आचारसंहिता लागू भएकाे ठिक एक दिन पछि २७ पुसकाे साँझ स्वास्थ्य तथा जनसंख्यामन्त्री बिराेध खतिवडाले स्वास्थ्यमा आधादर्जन उच्च अधिकारीकाे सरुवा गरे ।

स्वास्थ्यमन्त्री खतिवडाले गरेकाे सरुवा निर्वाचन आचारसंहिता काे उलंघन मात्रै हैन आयाेगलाइ ठाडाे चुनाैती पनि भएकाे अधिकारीहरु बताउँछन् । विवादमा आउने देखेर उनले निर्णयमा भने २५ पुसकाे मिति राख्न लगाएकाे कर्मचारी प्रशासन शाखाका अधिकारीहरु बताउँछन् ।

एकै दिन भएका निर्णयमा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव परिवर्तन भने राेकिएकाे छ । उक्त निर्णय स्वास्थ्यकाे प्रस्तावमा सामान्य प्रशासन मन्त्रालयले गर्नु पर्छ । तर, सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता विपरीत भएकाे भन्दै राेकिदिएकाे छ । यता स्वास्थ्य आफैले गर्ने निर्णयमा भने कानुनकाे उलंघन गरेकाे छ ।

स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालकाे कार्यकारी अधिकारीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लाेहनीलाइ पठाएकाे थियाे ।

यता तीन महिना अगाडि औषधि व्यवस्था विभागको महानिर्देशक बनाईएका नारायण प्रसाद ढकाललाइ औषधी प्रयाेगशाला पठाएर उनकाे ठाउमा भरत भट्टराइलाई ल्याएकाेे छ ।

त्यस्तै राष्ट्रिय क्षयरोग केन्द्रमा डा.श्रीराम तिवारीलाई पठाइएको थियाे । केन्द्रमा कार्यारत डा. प्रकाश साहलाई कर्णाली प्रदेश पठाइएको छ । त्यस्तै एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटालाई केन्द्रीय कारागार पठाएर डा. देवकोटाको ठाउँमा डा. सञ्जय ठाकुरलाई पठाइएको थियाे ।

त्यसैगरी संघिय मन्त्रालयले लुम्बिनी प्रदेश अस्पतालका चिकित्सक डा राजेन्द्र खनाललाई प्रदेश स्वास्थ्य सचिव नियुक्ती गर्न सिफारीस गरेको थियो । त्यसैगरी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटालाई संघिय स्वास्थ्य मन्त्रालय तान्न सिफारीस गरेको थियो । तर याे निर्णय निर्वाचन आचारसंहिताले राेकिएकाे छ ।
फर्जि मिति राखेर निर्वाचन आचारसंहिता विपरीत  कर्मचारी सरुवा गर्ने स्वास्थ्यमन्त्री माथि कारबाही गर्ने चाैतर्फी दबाव परेकाे छ । वीर अस्पतालमा बिराेध सुरु भएकाे छ । निर्वाचन आचारसंहिता विपरीत वीर अस्पतालमा डा गुणराज लाेहनी पठाएकाे भन्दै बिरोध सुरु भएकाे हाे ।

यता प्रधानमन्त्रि कार्यालयले कानुन विपरीत गरिएकाे निर्णय हाललाइ राेक्न निर्देशन दिएकाे बुझिएकाे छ । “प्रधानमन्त्रि राेक्न भन्नू भएकाे छ, यदि जबर्जस्ती गरे सत्ता गठबन्धनमा समेत असर पर्न सक्छ ती अधिकारीले भने ।” फर्जि मिति राखेर सरुवा गरेपछि डा गुणराज लाेहनी र भरत भट्टराई बाहेक अरुले पत्र बुझेका छैनन ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com