उद्योगमा हुँदाको त्यो निर्णयले अख्तियार धाउँदै स्वास्थ्य सचिव खतिवडा


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने  गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनतर्फको सचिवमा हालै सरुवा भएकी सचिव यामकुमारी खतिवडालाई अख्तियार लागेको खुल्न आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहँदा गरेको एउटा निर्णयलाई लिएर सचिव खतिवडासँग बयान लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको दरबन्दीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएकी सचिव खतिवडालाई  ९ वटा चुनढुंगा उद्योगलाई सवा अर्ब भन्दाबढी जरिवाना मिनाह गराएको विषयमा अख्तियारले बयान लिएको खुल्न आएको हो । तत्कालिन उद्योगमन्त्री लेखराज भट्ट र सचिव खतिवडाको मिलेमतोमा उक्त जरिवाना मिनाह गराएको पाइएको अख्तियार स्रोतको दाबी छ ।

‘खानी तथा भूगर्भ विभागले खानी दोहन गर्ने ती उद्योगलाई एक अर्ब बढी क्षतिपूर्ति भराउन प्रतिवेदन दिएको रहेछ तर तत्कालीन मन्त्री भट्ट र सचिव खतिवडाको मिलेमतोमा थोरै मात्र जरिवाना गरेर छुट दिने निर्णय गरेको पाइयो । त्यसैले उनीहरूसँग बयान लिइएको हो।’, अख्तियार उच्च स्रोतले स्वास्थ्य लाइभसँग भन्यो ।

अख्तियार स्रोतकाअनुसार ललितपुरमा रहेको युनाइटेड सिमेन्टसहित मारुती सिमेन्ट, अन्नपूर्ण क्वारिज, कञ्चन क्वारेज, डोलामोइट चुनढुंगा प्रालि, सिद्धार्थ सिमेन्ट, उदयपुर मिनरल्स,  सोनापुर आयल एन्ड मिनरल्स, सर्वाेत्तम सिमेन्टलाई प्राकृतिक स्रोत दोहन गरेको भन्दै खानी तथा भूगर्भ विभागले जरिवान गर्न प्रतिवेदन दिएको थियो ।  तत्कालीन मन्त्री र सचिवको सेटिङमा राज्यलाई हानी नोक्सानी पुर्‍याउने उद्योगलाई उल्टै छुट दिने काम भएको अख्तियार स्रोतको दाबी छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ##CIAA, ##Health ministri, ##Health Secretary, ##Industry, ##Investigation, ##Lekharaj Bhatta, ##Prime Minister Office, ##Yam Kumari Khatiwoda, #Ciment Factory

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com