प्रधानमन्त्रीको मानसिक स्वास्थ्यमा प्रश्न गर्ने सिईओ रेग्मीको बचाउमा उत्रिए योगेश


काठमाडौं ।  पूर्व पर्यटनमन्त्री योगेश भट्टराई प्रधानमन्त्री शेरबाहदुर देउवाको मानसिक स्वास्थ्यमा प्रश्न गर्ने पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीको बचाउमा उत्रिएका छन् । उनले पर्यटनमन्त्री प्रेम आलेलाई ठेगानमा बस्न र बोलीमा लगाम लगाउन समेत चेतावनी दिएका छन् ।

मणिपाल मेडिकल कलेज हत्याउने विवादित बतास समूहले नारायणहिटी गरेको बदमासीबाहिर आएसँगै भट्टराई आलोचित बन्दै गएका छन् । उनी पर्यटनमन्त्री हुँदा बतास समूहले नारायणहिटी दरबार संग्रहालय भाडामा पाएको थियो ।  त्यो विषयमा छानविन गर्न पर्यटनमन्त्री प्रेम आलेले समिति बनाएको र समितिले बदमासीबाहिर ल्याएपछि पूर्व मन्त्री भट्टराई मन्त्री आलेसँग आक्रोशित बनेका हुन् ।

पूर्वमन्त्री भट्टराईले रक्सी काण्डमा विमानस्थल भन्सारका कर्मचारीलाई अभद्र व्यवहार गर्ने पर्यटन बोर्डका विवादित सिईओ रेग्मीको बचाउ गरेका छन् । आफू १० बोतल अवैध रक्सी ल्याउने अनि कसैले दुई बोतल ल्यायो भनेर झम्टिने स्टन्टबाजी गर्ने भन्दै उनले सिइओ रेग्मीको बचाउ र मन्त्री आलेको आलोचना गरेका छन् ।

भट्टराईको प्रस्तावमा नियुक्ति गरेका पर्यटन बोर्डका सिईओ रेग्मी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेल र नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल विवादमा मुछिएका छन् । उनीहरूको बदमासीबाहिर ल्याउन मन्त्री आले सक्रिय भएपछि पूर्व मन्त्री भट्टराई उनीमाथि खनिएका हुन् ।

उनले  पर्यटनमन्त्री आलेलाई काठ तस्कर र लागूऔषधको तस्करको समेत आरोप लगाएका छन् । प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पूर्व मन्त्री भट्टराईले भनेका छन्, ‘प्रेम आलेसँग मेरो कुनै लडाइँ नै होइन । तर उनी आफ्नो ठेगानमा बसून्, बोलीमा लगाम लगाऊन् । म उनीजस्तो ढोंगी पनि होइन । उनी नेपालको हरियो वन भारततिर तस्करीमा लाग्दा म प्रजातन्त्रका लागि जेलमा थिएँ । आफू १० बोतल अवैध रक्सी ल्याउने अनि कसैले दुई बोतल ल्यायो भनेर झम्टिने स्टन्टबाजी म गर्दिनँ ।’,

पूर्व मन्त्री भट्टराईले नारायणहिटी संग्रहालयभित्र क्याफ्टेरिया सञ्चालनका गर्न बतास समूहलाई ठेक्का दिने निर्णयको पनि बचाउ गरेका छन् ।  बतास समूहले क्याफ्टेरिया सञ्चालन अनुमति पाएकोमा आफूलाई  मुछ्नुपर्ने कारण नरहेको उनको भनाइ छ ।

संग्रहालयभित्र क्यान्टिन चाहिने कुरामा आफू अहिले पनि अडिग रहेको बताउँदै पूर्वमन्त्री भट्टराईले, ‘के सिंहदरबारभित्र क्यान्टिन छैन ? राष्ट्रपति भवनभित्र क्यान्टिन छैन ? क्याफ्टेरिया भनेको नाइट क्लब हो र ? बेलायतको बकिंघम प्यालेस, जापानको इम्पेरियल प्यालेस, अमेरिकाको ह्वाइट हाउस, रुसको सेन्ट पिटर्सबर्गमा पनि त्यस्ता चमेनागृह छन् ।’, नारायणहिटीमा क्याफ्टेरिया चाहिँदैन भने त्यहाँ बनेको भवन किन नभत्काएको भन्दै उनले उल्टै प्रति प्रश्न गरे ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##Alcohol, ##Corruption, ##dr regmi, ##Prem Ale, ##Taskar, ##Tourism, ##Tourism Ministry, ##Yogesh Bhattarai

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com