बर्डफ्लू नियन्त्रण नियमावली आयो


काठमाडौं । सरकारले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ स्वीकृत गरेको छ ।

बर्डफ्लू नियन्त्रण नीतिगत अस्पष्टतालाई व्यवस्थित गर्ने गरी बर्डफ्लू नियन्त्रण नियमावली  मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बर्डफ्लू नियन्त्रणसम्बन्धी नियमावली सँगै पशु स्वास्थ्यसँग सम्बन्धित राष्ट्रिय पशु प्रजनन नीति र  राष्ट्रिय पशु स्वास्थ्य नीति पनि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ  ।

पुस ३० मा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पशु प्रजनन नीति २०७८, राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ र बर्डफ्लू नियन्त्रण नियमावली २०७८ स्वीकृत गरेको हो ।

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com