टेकु अस्पतालले पिसिआर गरेको १ हजार लिएपछि …


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर टेष्ट गरेको मूल्य हिजो मात्र घटाउने निर्णय गरेको समाचार सार्वजनिक भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन बमोजिम  स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा समिति नै बनाएर स्वास्थ्य मन्त्रालयले पिसिआर टेष्ट शुल्क घटाएको हो । स्वास्थ्य मन्त्रालयले निजी ल्याबमा १५ सय र सरकारीमा ८ सय रुपैयाँमा पिसिआर टेष्ट हुने भनेर नयाँ शुल्क निर्धारण गरेको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी ल्याबमा पिसिआर गर्दा ८ सय रुपैयाँ पिसिआर टेष्ट शुल्क लाग्ने भनेपनि शुक्रबार टेकु अस्पतालले १ हजार पिसिआर टेष्ट शुल्क लिएको गुनासो आएको छ ।

‘पिसिआर टेष्टको मुल्य ८ सय बनाएको भनेर स्वास्थ्य मन्त्रालयले गफ लगाएको मिति २०७८ माघ ५ गते । टेकु अस्पतालले १ हजार रुपियाँ लिँदै टेष्ट गरेको मिति २०७८ माघ ६ गते ! अस्पतालका कर्मचारी समाचार सुन्दैनन् कि स्वास्थ्य मन्त्रालयले जनतालाई उल्लू बनाउँछ ?’, पत्रकार गिता चिमोरियाले प्रश्नसहितले आक्रोश पोख्दै ट्वीट गरेकी छिन् ।

पिसिआर टेष्ट शुल्क घटाएको निर्णय रामशाहपथदेखि टेकुसम्म नपुग्नु र पिसिआर शुल्क घट्यो भनेर समाचार वाचन गर्नेहरु नै ठगिनुले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com