एमाले अध्यक्ष ओलीलाई कोरोना


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ ।

पूर्व प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको सामाचार सार्वजनिक भएपनि एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले शाक्यलाई कोरोना संक्रमण नभएको जानकारी गराएका छन् ।

ओली दम्पतीलाई कोरोना भएसँगै उनका पूर्व निर्धारित सबै कार्यक्रमहरु रद्द गरिएको ओलीको सचिवालयले जनाएको छ ।

यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई पनि कोरोना पोजेटिभ देखिएको छ । प्रचण्डलाई भने यसअघि नै  कोरोना पुष्टि भएको थियो ।

कोरोनाको तेस्रो लहरमा राज्यको उपल्लो तप्कामा रहेका र पुगिसकेका व्यक्तिहरूलाई धमाधम कोभिड-१९ को संक्रमण देखिन थालेको छ । सिंहदरबार, खुमलटार, बालुवाटार हुँदै बालकोटसम्म कोरोना फैलिसकेको छ ।

क्याटेगोरी : जीवनशैली, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com