स्वास्थ्य लाइभ फलोअप

मणिपाल मेडिकल कलेजमा चलेको बतास पशुपतिमा रोकिने !


काठमाडौं । मणिपाल मेडिकल कलेज किन्दा कानुनको धज्जी उडाउने बतास समूह पशुपति धर्मशालामा फसेको छ ।

कोरोना संक्रमणबाट केही दिन होम आइसोलेसनमा बसेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले ठिक भएसँगै फिल्डमा उत्रिएका छन् । उनले बतास समूहसँग पशुपति धर्मशालामा होटल सञ्चालनका लागि भएको सम्झौता भोलि नै खारेज गर्ने जनाएका छन् ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले दिइएको सिफारिसअनुसार सम्झौता खारेज गर्ने मन्त्री आलेको भनाई छ ।  समितिको सिफारिस बमोजिम बतास समूहसँगको सम्झौता खारेज गर्ने उद्देश्यले भोलि नै पशुपति क्षेत्र विकास कोषको  बैठक बोलाइएको छ । मन्त्री आलेले कोषका पदाधिकारीलाई सम्झौता खारेजीका लागि तयारी गर्न आजै निर्देशन दिएको पर्यटन मन्त्रालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

पोखरास्थित मणिपाल शिक्षण अस्पताल किन्दा विवादित बनेको बतास समूह नारायणहिटी दरबार संग्रहालय हुँदै पशुपति धर्मशालासम्म आइपुग्दा दुर्गन्धित बनेको छ ।  जहाँ बतास समूहले हात हाल्यो त्यहाँ कानुनविपरीत काम गरेको पाइएको छ ।

नारायणहिटी र पशुपतिमा छानबिन गर्न गठित समितिले बतास समूह उल्टो दिशाबाट चलेको देखाएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पनि गलत तरिकाले प्रवेश गरेको बतासलाई नियन्त्रण गर्नु पर्ने बहस सुरू भएको छ ।

 

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार
ट्याग : ## पशुपति क्षेत्र विकास कोष, ## पशुपति धर्माशाला, ## प्रेम आले, ## बतास समूह, ## सम्झौता खारेज, ##मणिपाल मेडिकल कलेज, ##होटल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com