प्रदेश एकमा छुट्टै स्वास्थ्य मन्त्रालय, जयराम यादव बने स्वास्थ्यमन्त्री


काठमाडौं । प्रदेश नम्बर एकमा छुट्टै स्वास्थ्य मन्त्रालय बनेको छ । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले नयाँ बनेको स्वास्थ्य मन्त्रालयमा जयराम यादवलाई मन्त्री बनाएका छन् ।

मुख्यमन्त्री राईले प्रदेश प्रमुखलाई मन्त्रिपरिषद् हेरफेर गरी कार्यविभाजन गरेको जानकारी गराएका हुन् । मुख्यमन्त्री राईले यादवलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री राईले सामाजिक विकास मन्त्रालय फुटाएर छुट्टै स्वास्थ्य मन्त्रालय बनाएका छन् । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने राजन राईलाई दिँदै नयाँ बनेको स्वास्थ्य मन्त्रालयमा यादवलाई पठाएका हुन् । प्रदेश नम्बर एकको १४ सदस्यीय जम्बो मन्त्रिमण्डलमा एक जना राज्यमन्त्री नियुक्त गरिएको छ । नव नियुक्त मन्त्रीहरुको आजै शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका यादव संघीय समाजवादी फोरम नेपाल प्रदेश नम्बर एक संसदीय दलको नेता समेत हुन् ।

यसअघि ६ सदस्यीय मन्त्रिपरिषद्मा यादव सामाजिक विकास मन्त्री बनेका थिए । जम्बो मन्त्रीपरिषद् बनाएर राज्यको ढुकुटी सिध्याउन खोजेको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ ।

प्रदेश एकको विस्तारित मन्त्रिपरिषद्

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #जयराम यादव, #प्रदेश एक, #राजेन्द्र राई, #स्वास्थ्य मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com