भ्रष्टाचारको पोल खुल्ने डरले स्वास्थ्यका कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् !


काठमाडौं । भ्रष्टाचारको पोल खुल्ने डरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायका कर्मचारी तथा जनशक्तिले सम्पत्ति विवरण नबुझाएको खुल्न आएको छ ।

स्वास्थ्य मन्त्रालयले लिखित तथा मौखिक आदेश दिँदा पनि सम्पत्ति विवरण पेश गर्न आलटाल गरेकाले फेरि सम्पत्ति विवरण पेश गर्न गर्न भनेको छ ।

दुई दिनभित्र सम्पत्ति विवरण पेश गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन: ताकेता गरेको हो । सम्पत्ति विवरण पेश गर्दा भ्रष्टाचार गरेकाे पोल खुल्ने डरले कर्मचारीहरूले सम्पत्ति विवरण लुकाउने गर्दै आएका छन् ।

सम्पत्ति विवरण पेश नगर्दा ५ हजार रुपैयाँ जरिवाना लिएर उन्मुक्ति दिने परम्पराले गर्दा सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीको प्रवृत्ति बढ्दै छ । जरिवाना गरेर सम्पत्ति विवरण नबुझाउने कर्मचारीको सम्पत्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान गर्ने सके सम्पत्ति विवरण पेश नगर्न भ्रष्ट कर्मचारी साइजमा आउने थिए । कानुनले दिएको दायित्व पूरा नगरेर सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीलाई ५ हजार रुपैयाँ जरिवाना लिएर मात्र छोड्दा भ्रष्ट र अकुत आर्जन गर्ने कर्मचारीलाई उल्टै हौसला मिलेको छ । यो विषयमा अख्तियार सोच्न आवश्यक छ ।

कर्मचारीले सम्पत्ति विवरण नबुझाउँदा राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमा प्रतिवेदन पठाउन बाधा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै कर्मचारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत ४ दर्जन बढी निकाय रहेका छन् । सबै कर्मचारीको विवरण समेत मन्त्रालयमा पाइँदैन । यस्तो भद्रगोल अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पत्ति विवरण बुझाउने कर्मचारी कमै छन् । भ्रष्टचारमा लिप्त कर्मचारीले सम्पत्ति विवरण बुझाउन आनाकानी गर्दै आएका छन् । त्यसैले सम्पत्ति विवरण पेश नगरी जरिवाना तिरेर उन्मुक्ति खोज्ने निकायलाई भ्रष्टाचारको अखडाको रुपमा चिन्ने गरिन्छ । त्यो हिसाबले पटकपटक ताकेता गर्दा पनि सम्पत्ति विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकाय भ्रष्टाचारका अखडा हुन भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, विविध
ट्याग : #अख्तियार दुरूपयोग अनुसन्धान आयोग, #ताकेता, #भ्रष्टाचारको अखडा, #राष्ट्रिय सतर्कता केन्द्र, #सम्पत्ति विवरण बुझाउन आलटाल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com