सरकारले आधाभन्दा बढी खोप दान दातव्यमा जुटायो 


काठमाडौं । २०७७ माघ ८ गते पहिलो पटक भातले नेपाललाई अनुदान स्वरुप १० लाख डोज कोरोनाविरुद्धको कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यस यता हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० डोज खोप प्राप्त भएको छ । तर, सरकारले आधाभन्दा धेरै खोप दान दातव्यबाट जुटाएको छ ।

सहयोग गर्ने देशहरुले आफूले प्रयोग गरेर म्याद सकिन लागेपछि निःशुल्क सहयोगको रुपमा नेपाल पठाउने गरेको अधिकारीहरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल प्राप्त खोप मध्ये २ करोड १९ लाख ३७ हजार २ सय मात्रै खरिद गरिएको हो । बाँकी २ करोड ४६ लाख ३३ हजार ५२० मात्रा खोप पूर्ण निःशुल्क आएको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीकाअनुसार विश्व वैंक र नेपाल सरकारको साझेदारी लगानीमा ४० लाख ८ सय मोर्डना खोप र एडीबी र नेपाल सरकारको साझेदारीमा भेरोसेल ५९ लाख ३६ हजार ४ सय मात्रा प्राप्त भएको छ ।

नेपाल सरकार आफैंले भने २० लाख कोभिसिल्ड र १ करोड भेरोसेल खरिद गरेको छ । अधिकारीहरुले दातृ निकायले नेपाललाई आर्थिक सहयोग गर्ने भने कै बजेटबाट खोप र खोपजन्य अन्य स्वास्थ्य सामग्रीको खरिद भएको छ ।

खोप खरिदमा विवाद भएपछि मन्त्रीपरिषद्ले मूल्यकाबारेमा गोप्य राखेर किन्ने निर्णय गरेपछि खर्च खोपको मूल्यमा भएको खर्च सार्वजनिक हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ३ करोड ४८ लाख २५ हजार ६ सय १ मात्रा खोप प्रयोग भएको छ । उक्त खोपमध्ये १ करोड ८० लाख ८१ हजार ८२७ पहिलो मात्रा, १ करोड ६० लाख ७१ हजार २२६ दोस्रो मात्रा र ६ लाख ७२ हजार ५४८ तेस्रो मात्रा लगाइएको छ । बिहीबार पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले खोप लगाएका छन् ।

सरकाले १२ देखि १७ वर्ष उमेर समूह र १८ देखिमाथि सबै उमेर समूहमा खोप अभियान चलाएको छ । ५ देखि ११ वर्ष उमेर समूहका लागि चाँडै फाइजर खोप चलाइने छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ## नेपाल सरकार, ##कोभिड-१९ विरुद्धको खोप, #आधा खोप दान, #एडीवी, #एस्ट्राजेनिका, #कोभिशिल्ड, #खोप, #दातृ राष्ट्र, #दान दातव्य, #निकाय, #फाइजर खोप, #भेसोसेल, #मोर्डना, #विश्व वैंक, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com