मकवानपुरको मनहरीमा मोतिविन्दुको निःशुल्क शल्यक्रिया

सामुदायिक आँखा केन्द्र मनहरी समुद्घाटन


काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकास्थित  सामुदायिक आँखा केन्द्रमा मोतिविन्दुको निःशुल्क शल्यक्रिया हुने भएको छ ।

नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठ आफ्नो बुबाको स्मृतिमा स्थापित संस्था पञ्च सिद्धि फाउण्डेशनमार्फत २५ जना विपन्न बिरामीहरुलाई निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्न सहयोग गर्ने घोषण गरेका हुन् । सामुदायिक आँखा केन्द्र मनहरी समुद्घाटन श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य श्रेष्ठले केन्द्रको सयुंक्त रुपमा उद्घाटन गर्दै सञ्चालनमा ल्याएका छन् ।

मनहरी  गाउँपालिकाको आर्थिक सहयोग र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग एवं योग्सी युनिभर्सिटी र चुगंमुगं कोग कोरियायाबाट प्राप्त उपकरणहरुको सहायोगमा संचालति सामुदायिक आंखा केन्द्र मनहरी दैनिक रुपमा सेवा दिने गरी  सञ्चालनमा आएको छ ।  नेपाल रेडक्रस सोसाईटी मनहरी उपशाखा मनहरी र हेटौडा सामुदायिक आँखा अस्पतालको समन्वयमा साप्तााहिक रुपमा सञ्चालित आँखा केन्द्रलाई गाउँउपालिकाको समन्वयमा दैनिक रुपमा संचाल गर्न लागिएको हो ।

मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीले आँखा स्वास्थ्यको क्षेत्रमा  विकास गर्न मनहरी गाउँपालिका सहयोग गर्न तत्पर रहेको बताए । नेपला आँखा कार्यक्रमका कार्यकारिणी सदस्य श्रेष्ठले तिलगंगा आँखा अस्पताल अन्धोपन निवारणको लागि  सदैव लागि परिरहेको बताए । मकवानपुरमा पहिलो पटक आँखा स्वास्थ्यको सेवा मनहरीबाट शुरु भएको उनको भनाइ छ ।

सामुदायिक आँखा केन्द्र मनहरी समुद्घाटन कार्यक्रममा तिलगंगा आँखा कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, वाह्य कार्यक्रम प्रबन्धक डा. मोहनकृष्ण श्रेष्ठ, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ठाकुर तितुगंलगायतको उपस्थिति रहेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com