अघिल्लो सरकारकै पालामा खोप बिक्री भएको समितिको ठहर


काठमाडौं कोभिड-१९ विरुद्धको खोप छानबिन समितिले घुमाउरो पारामा केपी ओली कै समयमा खोपको बिक्री भएको ठहर गरेको छ । समितिको प्रतिवेदनमा खोप निःशुल्क भएपनि केही बिक्री भएको उल्लेख गरेको छ । स्वास्थ्य लाइभले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको पालामा ठूलो संख्यामा भारतीय जहाज बुक गरेर खोप लगाउँन कै लागि नेपाल आएको विषयमा समाचार लेखेको थियो ।

उक्त समयमा खोप लगाएर उनीहरुलाई पासपोर्ट नम्बर उल्लेख गरेर कार्ड बनाएको प्रमाण स्वास्थ्य लाइभले सार्वजनिक गरेको थियो । पछिल्लो समय दैनिक ५ लाख जनालाई खोप लगाउने सरकारको लक्ष्य भएपनि खोप लगाउन समेत नागरिक आएका छैनन् ।

हराएको भनिएको खोपको विषयमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी नेतृत्वको छानबिन समितिले प्रतिवेदन तयार पारेर स्वास्थ्यमन्त्रीलाई बुझाएको छ । खोप मौज्दात र उपभोगको अभिलेखबारे विभिन्न प्रश्न उठेपछि १६ माघमा स्वास्थ्यमन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन भएको थियो ।

समितिले आफ्नो प्रतिवेदनमा कोभिड-१९ विरुद्धको खोप निःशुल्क भएपनि केही व्यक्तिहरुले खोप लगाएवापत पैसा लिएको सुन्नमा आएको उल्लेख छ । किटान गर्न नसक्दा प्रमुख विशेषज्ञ डा. लोहनी नेतृत्वले बनाएको रिपोर्टको स्तर अत्यन्तै झारो टार्ने खालको मात्रै छ । तर, पनि प्रतिवेदनमा केही बुँदाले तत्कालीन समयमा खोप बिक्री भएको कुरालाई नकार्न भने सकेको छैन ।

त्यस्तै खोप लक्षित वर्गभन्दा बाहिरका व्यक्तिहरुले समेत लगाएकाले त्यसको विवरण अध्यावधिक हुन बाँकी रहेको औंल्याएको छ । महामारीमा तीव्र रुपमा सञ्चालन भएको अभियान व्यवस्थिव हुन नसक्दा समस्या आएको पनि बताइएको छ । कतिपय अवस्थामा भायलमा भएको खोपले एक जना बढीलाई पुर्‍याउँदा पनि तथ्यांकमा फरक परेको छ ।

हेनुहोस् छानबिन समितिको प्रतिवेदन

क्याटेगोरी : समाचार
ट्याग : ## खोप बेचुवा, ## विरोध खतिवडा, #केपी शर्मा ओली, #प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com