स्वास्थ्यमन्त्रीको घरमा भएको भेटको 'साइड इफेक्ट'

एमसीसी संसदमा टेवल गर्न नेकपा एसले ढोका खोल्यो


काठमाडौं । नेकपा एकीकृत समाजवादी(एस)ले एमसीसी सदनमा टेवल गर्न बाटो खुला गरिदिएको छ । आज बसेको नेकपा एसको स्थायी कमिटी बैठकले एमसीसी सदनमा पेश गर्न अवरोध नगर्ने निर्णय गरेको हो । तर त्यसका लागि नेकपा एमालेद्वारा भइरहेको सदन अवरोध हट्नु पर्ने नेकपा एसको सर्त रहेको छ ।

नेपका एसबाट सरकारमा सहभागी मन्त्रीहरुले हिजो राति स्वास्थ्यमन्त्री विरोध खतिवडाको घरमा गोप्य बैठक बसेर एमसीसी पेश गर्न दिएर भएपनि गठबन्धन जोगाउनु पर्ने लाइनमा उभिने निचोड निकालेका थिए । सरकारमा सहभागी एसका मन्त्रीले स्थायी कमिटीको बैठकमा पनि सोही कुरा राखेको नेकपा एसका एक स्थायी कमिटी सदस्यले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

नेकपा एसबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ एमसीसीभन्दा गठबन्धन जोगाउने पक्षमा उभिएका थिए ।  स्वास्थ्यमन्त्री खतिवडा निवासमा भएको नेकपा एसका मन्त्रीहरूको छलफलको असर हुनुपर्छ नेकपा एसले एमसीसी सदनमा पेश गर्न दिने निर्णय गरेको छ । यद्यपि केहीँ बुँदा संशोधन गरेर मात्र एमसीसी पारित गर्न सकिने नेकपा एसले स्थायी कमिटीबाट निर्णय गराएको छ ।

नेकपा एसले एमसीसीका कारण सत्ता गठबन्धन धरमराएपछि सर्प पनि मर्ने लौरो पनि नभाचिने गरी निर्णय गरेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #एमसीसी, #नेकपा एकीकृत समाजवादी, #रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ, #श्रम, #सत्ता गठबन्धन, #संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, #सहरी विकासमन्त्री रामकुमारी झाँक्री, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com