स्थानीय सरकार हाँक्न नर्सदेखि इन्जिनियरसम्म तम्सिए


काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने युवाहरुको लहर छाएको छ ।

सेलीव्रेटी उम्मेदवारले तरंग छाउने स्थानीय तहको निर्वाचनमा यसपटक थप रोचक हुने देखिएको छ ।

स्थानीय सरकारको नेतृत्व गर्न नर्सदेखि इन्जिनियरसम्मले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकादेखि, पोखरा हुँदै बाग्लुङ नगरापालिकाको मेयर हुन युवाहरू तम्सिएका हुन् ।

काठमाडौं महानगरपालिका मेयरमा इन्जिनियर बालेन शाहको चर्चाकाबीच बाग्लुङ नगरपालिकाको मेयरमा नर्स नितु खड्काको चर्चा चुलिएको छ । सेलीव्रेटी उम्मेदवारको चर्चा हुने गरेको काठमाडौं महानगरपालिकामा यसपटक शाहको चर्चा छ । काठमाडौंबाहिर सेलीव्रेटी उम्मेदवारको खासै चर्चा नहुनेमा यसपटक भने बाग्लुङकी नर्स खड्काको उम्मेदवारीले थप रौनक थपेको छ ।

अघिल्लो पटक काठमाडौं महानगरपालिकाको मेयरमा रञ्जु दर्शनाको उम्मेदवारीले स्पेश पाएको थियो । अहिले नर्स खड्काको  उम्मेदवारीले थप रौनकता थप्ने देखिन्छ ।

त्यस्तै पोखरा महानगरपालिकामा मेयरमा उपन्यासकार गनेस पौडेल, बेनी नगरपालिकाको मेयरमा  नीरञ्जन थापा, कैलाली लम्किचुहा नगरपालिकाको मेयरमा उदय भट्टले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।

 

यसले स्थानीय सरकार हाँक्न युवाहरू तम्सिएको स्पष्ट हुन्छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ##नर्स, #इन्जिनियर, #काठमाडौं महानगरपालिका, #नितु खड्का, #पोखरा महानगरपालिका, #बलेन शाह, #बागलुङ नगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com