पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोकमा चुरोट खान नपाइने


काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ।

ललितपुर महानगरपालिकका मेयर चिरिबाबु महर्जन उक्त क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेका हुन् ।जावलाखेल, पुल्चोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा धुम्रपान नगर्न चेतावनी दिँदै उनले उक्त कार्य गरेको भेटिए कानुन अनुसार कारवाही हुने बताए ।

घोषणा गर्छ तर कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिलाई आफूले नदोहोर्‍याउने बताउँदै मेयर महर्जनले जावलाखेल, पुल्चोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा घोषणा गरिएको धुम्रपान निषेधित क्षेत्र कडाईका साथ लागू हुने स्पष्ट पारे । अब उक्त क्षेत्रमा चुरोट, बिडीजस्ता सुर्तीजन्य पदार्थ सेवन गर्दा कारवाही पर्ने सम्भावना रहेकाले सचेत हुन आवश्यक छ ।

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : #जावलाखेल र पुलचोक, #धुम्रपान निषेधित क्षेत्र, #पाटन दरबार क्षेत्र, #मेयर चिरिबाबु महर्जन, #ललितपुर महानगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com