अन्तर्राष्ट्रिय नारी दिवस विशेष

आईओएमको डीनदेखि प्रहरी अस्पताल प्रमुखसम्म महिला


काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीनदेखि नेपाल प्रहरी अस्पताल प्रमुख समेत महिलाको नेतृत्वमा रहेको छ ।

आईओएमको डीनमा डा. दिव्य सिंह शाह रहेकी छिन् । उनी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकको हैसियतमा काम गरेकी व्यक्ति हुन् । डा. दिव्या विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद् हुँदै आईओएमको डीनसम्म हुन सफल महिला हुन्  । उनी निकै प्रभावशाली महिला चिकित्सक मानिन्छिन् ।

यता नेपाल प्रहरी अस्पताल प्रमुखको भूमिकामा डा. आशा सिंह रहेकी छिन् । नेपाल प्रहरीको एआईजीको हैसियतमा पुगेर प्रहरी अस्पताल प्रमुख हुन सफल महिला डा. आशा कोभिडकालमा निकै चर्चित भइन् ।

क्याटेगोरी : समाचार
ट्याग : #आईओएम डीनमा डा. दिव्य सिंह शाह, #डा. आशा सिंह, #प्रहरी अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com