मिर्गौला दिवसमा क्रिस्टलले दियाे ५० प्रतिशत ल्याब परिक्षणमा छुट


काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मिर्गौलाको महत्त्वबारे जनजागरण अभियान सञ्चालन गरेर दिवस मनाइँदैछ । सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।

मिर्गौला दिवसको अवसरमा क्रिस्टल डाइगनोस्टिक सेन्टरले आम सेवा ग्राहीलाइ निशुल्क सुगर र मिर्गौला परिक्षण  गर्ने  भएकाे छ । साथै अन्य सेवाग्राहीलाई भने अतिरिक्त ल्याब  परिक्षणमा ५० प्रतिशत छुट दिएकाे सेन्टरका म्यानेजिङ डाइरेक्टर रबिन्द्र केसीले बताए ।

निशुल्क सुगर र मिर्गौला परिक्षण को लागि क्रिस्टल डाइगनोस्टिकमा उपस्थित  भै  कार्यालयको नम्बर र अनलाइनबाट समेत समय लिएर गर्न सकिने केसीले बताए ।

क्रिष्टल   डाइगनोस्टिक ल्याबले हालै आइएसओ सर्टिफाई मान्यता प्राप्त गर्न सफल भएको छ । सरकारबाट ए ग्रेड मान्यता पाएको यो ल्याबले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिदैँ आइरहेको अधिकारीहरुले बताएका छन् । उक्त ल्याबमा अमेरिकन र युरोपियन प्रविधिबाट बनाइएको ल्याबमा अत्याधुनिक स्तरका मेसिनहरू छन्।

मिर्गौलाको काम के हाे
हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन्। मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो। मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछन्। शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा व्यवस्थापन गर्छन्।

क्याटेगोरी : समाचार
ट्याग : ##क्रिस्टल डाइगनोस्टिक, ##मिर्गौला दिवस, ##स्वास्थ्य तथा जनसंख्या

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com