भोजपुर स्वास्थ्य शिविरमा २५ सयले लिए विशेषज्ञ सेवा (फोटोफिचर)


काठमाडौं । भोजपुरमा दुई दिन संचालन हुने स्वास्थ्य शिविरको पहिलो दिन २५ सयले विशेषज्ञ सेवा लिएका छन् । चिकित्सक डा रबिन बस्नेतका अनुसार पहिलो दिन २५ सयले विशेषज्ञ सेवा पाएका छन् । यसमध्ये अधिकांश प्रसूति र मेडिसिनमा रहेका छन् । सोही अनुपातमा शनिबार बिरामीहरुको सहभागीता बढ्ने आयोजकले जनाएको छ । शनिबार बिदाको दिन भएकाले पनि सेवा लिन आउनेहरु बढ्ने अनुमान गरिएको छ ।

दुई दिनमा कम्तिमा ५ हजारले स्वास्थ्य सेवा लिने बताइएको छ । शिविरमा उच्च स्तरको सेवा दिइएको छ । स्वास्थ्य शिविर हाल सम्मकै ठुलो भएको चिकित्सकहरुले बताएका छन् ।

नि:शुल्क स्वास्थ्य शिविरमा सहभागी जनाउदै देशै भरका विशेषज्ञ चिकित्सक अहिले भोजपुरमा छन् । चिकित्सकहरुको यो सहभागीताले पनि पूर्वदेखि पश्चिमसम्मका जनताको आपसी सम्बन्ध थप मजबुत बनाएको छ ।
फोटोफिचर

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com