अस्पतालबाटै बच्चाको जन्मदर्ता व्यवस्थित गरिँदै


काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अस्पतालमा जन्मिएका बच्चाको जन्मदर्ता व्यवस्थित गर्ने तयारी थालेको छ । विभागका अनुसार अस्पतातमा जन्मिएका बच्चाको विवरण विभागको प्रणालीमा आउने गरी तयारी भइरहेको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागकी निर्देशक विनीता भट्टराईले अस्पतालमा जन्मिएको बच्चाको जन्मदर्ता व्यवस्थित गर्न लागिएको बताइन् ।

अस्पतालमा बच्चा जन्मिएको विवरण फारम अस्पतालबाटै भरेर विभाग आउने व्यवस्था मिलाइएको बताउँदै उनले चाँडै यसलाई लागू गरिने जानकारी दिइन् । यसले यकिन विवरण आउने विभागको भनाइ छ ।

जन्म दर्ताको समस्या समाधान गर्ने उद्देश्यले अस्पतालबाट सीधै विभागमा विवरण भरेर पठाउने व्यवस्था मिलाइएको निर्देशक भट्टराईले स्पष्ट पारिन । यो व्यवस्था घरमा जन्मिएको बच्चाको हकमा लागू नहुने भन्दै उनले अस्पतालमा जन्मिएको बच्चाको हकमा भने एकिन विवरण आउने दाबी गरिन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com