अल्फा हेल्थ केयरले चैत महिनाभर निःशुल्क ओपिडी संचालन गर्ने


काठमाडौं । नयाँ बानेश्वरमा रहेको अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले चैत महिनाभर निःशुल्क स्वास्थ्य उपचारमा बिशेषज्ञ प्याकेजको सुबिधा ल्याएको छ । एक महिनाभर सेन्टरले बिभिन्न सेवामा निःशुल्क ओपिडी जाँच गर्ने भएको छ ।

अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरका बजार प्रमुख सुजित लुईटेलका अनुसार नागरिकको सहजताका लागि एक महिने निःशुल्क शिविरकै आयोजना गरिएको हो । यसबाट जो कसैले भरपुर बिशेषज्ञ सेवा लिन सक्नुहुनेछ उनले भने ।


निःशुल्क स्वास्थ्य जाँचका लागि जनरल सर्जरी क्लिनिक दिउँसो ३ देखि ५ बजेसम्म संचालन हुने छ । त्यस्तै प्रसुति तथा स्त्री रोग क्लिनिक दिउँसो ३ देखि ४ बजेसम्म संचालन हुने लुईटेलले बताए । नाक, कान, घाँटी रोग क्लिनिक दिउँसो ४ देखि ५ बजेसम्म संचालन हुने भएको छ ।

परिक्षणमा छुटको ब्यवस्था के छ ?

चैत महिनाभर भएका सबै खाले प्रयोगशाला परिक्षणमा अवस्था हेरी २० देखि ३० प्रतिशत सम्म छुट दिने अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले जनाएको छ । कोभिड सम्बन्धि प्रयोगशाला परिक्षणमा २५ प्रतिशत छुट दिइनेछ ।

एक्सरे तथा भिडियो एक्सरेमा १५ प्रतिशत छुट साथै इसिजी, इको, टिएमआई जाँचमा २० प्रतिशत छुट र फार्मेसीमा ५ देखि १० प्रतिशत सम्म छुट दिने भएको छ । साथै अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले चैत महिनाभर अन्य उपलब्ध सेवाहरुमा पनि बिशेष छुटको व्यवस्था गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##Alfa Care, ##Health Checkup

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com