आज सिटामोललाई पुनर्जन्म दिने नवीन्द्रले प्राण त्यागेको दिन


काठमाडौं ।  आज सिटामोल र जीवनजललाई पुनर्जन्म दिने नवीन्द्रले प्राण त्यागेको दिन हो । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले उत्पादन हुन छाडेको सिटामोल र जीवनजल पुनर्जन्म(पुनःउत्पादन) गराउन सुरु गरेका थिए । शाही औषधि लिमिटेडबाट औषधि लिमिटेड भएपछि उक्त कम्पनीबाट उत्पादित सिटामोल र जीवनजल माग धान्न मुस्किल परिरहेको अवस्थामै बन्द भयो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को जीएमपी मापदण्डमा पूरा नगरेपछि सिटामोल र जीवनजल उत्पादन नै ठप्प भएको थियो । त्यहीबीचमा नवीन्द्र उद्योगमन्त्री भए । उनी मन्त्री भएपछि सिटामोल र जीवनजललाई पुनर्जन्म पायो र लगातार उत्पादन हुन थाल्यो ।  वार्षिक ८ करोड ट्याब्लेट सिटोमाल उत्पादन गर्न नवीन्द्रले औषधि लिमिटेडलाई निर्देशन दिए ।  त्यही लक्ष्य अनुसार औषधि लिमिटेडले सिटामोल उत्पादन गर्ने तीव्र गतिमा काम सुरु गर्‍यो । आज सिटामोल र जीवनजललाई पुनर्जन्म दिने उनै रवीन्द्र प्राण त्यागेको दिन हो ।

नवीन्द्रको राजनीतिक ‘लिगेसी’लाई पछ्‌याउँदै स्थापित हुने सुरमा उनकी धर्मपत्नी सपना जोशी लागिपरेकी छिन् ।

क्याटेगोरी : समाचार
ट्याग : #उद्योगमन्त्री, #नवीन्द्र राज जोशी, #नेपाल औषधि लिमिटेड, #सिटामोल र जीवनजल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com