डा. लोचनको कमाण्डमा भोजपुरमा चरण-चरणमा स्वास्थ्य शिविर


काठमाडौं । नेपाल चिकित्सक संघका  डा. लोचन कार्कीको कमाण्डमा भोजपुर जिल्लामा चरण-चरणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।  गत फागुन २७ र २८ गते भोजपुर जिल्ला अस्पतालमा भएको वृहत्त निःशुल्क स्वास्थ्य शिविर कास्टिङ मात्रै भएको चिकित्सकहरुले बताएका छन् । देशैभरका चिकित्सकहरुले भोजपुरमा गएर दिएको सेवा अन्तिम नभएकार सुरुवात भएको चिकित्सक संघका अध्यक्ष डा. कार्की बताउँछन् ।

नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा लोचन कार्की, सात वटै प्रदेश चिकित्सक संघ, दावाँली मिलन क्लवलगायतका सक्रियतामा हाल सम्मकै ठुलो निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो । उक्त स्वास्थ्य शिविरमा ३ हजार विरामीले प्रत्यक्ष स्वास्थ्य उपचार सेवा पाएका थिए । भोजपुरको उक्त निःशुल्क स्वास्थ्य शिविर धेरै ठूला विशेषज्ञ चिकित्सकको उपस्थितिमा नेपालकै पहिलो स्वास्थ्य शिविर भएको दाबी गरिएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीले भोजपुरको स्वास्थ्य शिविर सुरुवात भएको बताए । ‘भोजपुरमा स्वास्थ्य शिविर सकिएको छैन’, कार्कीले भने, ‘ यो सुरुवात मात्रै भएको हो । एक/डेढ महिनामा पुनः आँखा, अर्थोलगायतको सेवा लिएर चिकित्सक भोजपुर जाँदैछन्।’

भोजपुरमा स्वास्थ्य परीक्षण गरेका बिरामीहरुलाई थप उपचारका लागि चिकित्सक पुनः भोजपुर जानेछन् । आँखा उपचारका लागि केही दिनपछि डा. नन्दा कुमारी गुरुङको नेतृत्वमा चिकित्सकहरुको टोली भोजपुर जाने अध्यक्ष डा. कार्कीले बताए । सोही समयमा आँखाको शल्यक्रिया गरिनेछ । जेठ अन्तिममा डा. योगेश न्यौपानेको नेतृत्वमा नाक, कान, घाँटीको शिविर संचालन गरिने भएको छ । अध्यक्ष  डा. कार्कीका अनुसार उक्त समयमा पोर्टेबल मेसिन लगेर भोजपुरमै निःशुल्क कानको शल्यक्रिया गरिने छ ।

हार्डजोनीका बिरामीहरुका लागि निःशुल्क शल्यक्रिया काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याएर गरिने भएको छ । मुटुको निःशुल्क उपचार मनमोहन कार्डियो भास्कुलर सेन्टर, हाडजोर्नीको राष्ट्रिय ट्रमा सेन्टरमा गरिने अध्यक्ष डा. कार्कीको भनाइ छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #आँखा- नाक कान घाँटी, #डा. योगेश न्यौपाने, #निःशुल्क उपचार, #नेपाल चिकित्सक संघ, #भोजपुर नि:शुल्क स्वास्थ्य शिविर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com