दक्षिण कोरियामा कोरोना ‘बम’, एकैदिन ६ लाख बढी संक्रमित थपिए


काठमाडौं । नेपालीहरुको आकर्षक श्रम गन्तव्य दक्षिण कोरियामा कोभिड-१९ (कोरोना) भाइरस संक्रमण तीव्र रुपमा फैलिएका छ ।

वर्ल्डोमिटरका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ६ लाख २१ हजार ३२८ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । उक्त अवधिमा ४ सय २९ को कोभिड-१९ का कारण मृत्यु भएको वर्ल्डोमिटरमा उल्लेख छ ।

दक्षिण कोरियापछि जापानमा पनि कोरोना भाइरस तीव्र गतिमा बढिरहेको पाइएको छ । गएको २४ घण्टामा जापानमा ५६ हजार ५ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय  ५८ जनाको निधन भएको हो । जापानलाई पछ्‌याउँदै अष्ट्रेलियामा ५२ हजार ३ सय ४१ नयाँ कोरोना संक्रमित थपिनुका साथै २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थाइल्याण्डमा २५ हजार ४ सय ५६ जना कोरोनाका नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै ७७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ५ हजार ९ सय १० नयाँ कोरोना संक्रमित फेला पर्दा २ सय ४४ जनाको निधन भएको छ । चीनमा पनि पछिल्लो २४ घण्टामा १ हजार ३ सय १७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

वर्ल्डोमिटरको ताजा डाटा हेर्दा एसियाली राष्ट्रहरुमा कोरोना भाइरसको तीव्र संक्रमण देखिन्छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अष्ट्रेलिया, #एसियाली राष्ट्र, #कोरोना, #जापान, #दक्षिण कोरिया, #संक्रमित

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com