जन्म र मृत्युको सूचनालाई एकीकृत गरिने


काठमाडौं सरकारले जन्म र मृत्युको सूचनालाई एकीकृत गर्न सूचना प्रणालिको बिकास गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंले छुट्टै सफ्टवेयरको विकास गरी यसै आर्थिक वर्षबाट परीक्षण थाल्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव कपिल तिमल्सेनाका अनुसार व्यक्तिगत घटना (जन्म/मृत्यु) सूचना प्रणालीलाई विकास र स्थापना गर्न आवश्यक भएकाले पहिलोपटक मन्त्रालयले कार्यक्रम सुरु गर्न लागेको हो । यसका लागि स्वास्थ्य मन्त्रालयले छुट्टै सफ्टवेयर स्वास्थ्य संस्थालाई दिने छ । उनका अनुसार अस्पताल र बर्थिङ सेन्टरलाई आधार बनाएर सिस्टमको विकास गरिनेछ । यसबाट चाहेको बेला सूचना हेर्न सकिने तिमल्सेनाको भनाइ छ ।

‘गाउँ गाउँमा जन्मेको र मरेको विवरण राज्यलाई जानकारी हुँदैन उपसचिव तिमल्सेनाले भने, ‘यसलाई प्रभावकारी बनाउँन हामीले एकीकृत रुपमा सफ्टवेयरको विकास गरेका हौं।’  हाल कुल जन्मको ६० देखि ७० प्रतिशत मात्रै जन्म स्वास्थ्य संस्थामा हुने गरेको उनले बताए ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार प्रतिबर्ष करिब ६ लाख शिशुको जिवित जन्म हुने गरेको छ । उक्त जन्म मध्ये ३० देखि ४० प्रतिशत शिशु अझै स्वास्थ्य संस्था बाहिर जन्मिनु परेको अवस्था छ ।

देशमा प्रतिवर्ष १ लाख ८० हजारको संख्यामा नागरिकको मृत्यु हुन्छ । उक्त मृत्यु पनि ३० प्रतिशत मात्रै स्वास्थ्य संस्थामा हुने गरेको छ । करिब ६० प्रतिशत जन्म र ३० प्रतिशत मृत्यु घरमा हुने गरेकाे छ।

उपसचिव तिमल्सेना  स्वास्थ्य सस्था बाहिर हुने गरेकाे यो संख्यालाई शुन्यमा पु¥याउने उदेश्य अनुरुप जन्म र मृत्यु सम्बन्धी सूचना प्रणालिको सुरुवात गर्न लागिएको बताउँछन् । स्वास्थ्य मन्त्रलायका अधिकारीहरुलाई उपचार नै नपाएर ठूलो संख्यामा नागरिकहरु घरमा मरेकी भन्ने आशंका उब्जिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जन्मसम्बन्धी सूचना प्रणाली सुदूरपश्चिमको कैलालीबाट साउन १ गतेबाट सुरु हुँदैछ । मृत्युको भने पूर्वी नेपालबाट बैशाखदेखि हुँदैछ । उपसचिव तिमल्सेना भन्छन्, ‘जन्मको  सुदूरपश्चिमको कैलाली र मृत्युको एक नम्बर प्रदेशको संघीय र प्रादेशिक अस्पतालबाट हुने भएको छ । आधारभुत स्वास्थ्य सेवा केन्द्र बाहेक देशभर संघिय अस्पताल ३४ वटा, प्रादेशिक अस्पताल ७० वटा, स्थानीय तह ८२, प्रार्थमिक स्वास्थ्य केन्द्र १९६ र हेल्थ पोष्टमा ३८ सय ३८ गरी कुल ४ हजार २ सय ९ स्वास्थ्य संस्था छन् ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ##dr roshan pokharel, ##kapil Timilsina, ##MOHP, ##एकिकृत, ##जन्म र मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com