स्वास्थ्य मन्त्रालयले ग्लोवल फण्डको पैसामा ३ नर्ससहित ६ जनालाई जागिर दिने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्लोवल फण्डको प्रोजेक्टमा ३ नर्ससहित ६ जनालाई रोजगारी दिने भएको छ । राष्ट्रिय प्रेषण केन्द्र सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ३ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेण्ट मागेको हो ।

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ जारी गरी देशभर छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट परिचालन एवं समन्वय गर्न राष्ट्रिय प्रेषण केन्द्र स्थापना गरी जनशक्ति भर्ना गर्न लागेको हो । सन् २०२३  डिसेम्बरसम्म ग्लोवल फण्डको वित्तिय सहायता प्राप्त गरेकाले स्वास्थ्यले उक्त केन्द्र सञ्चालनका लागि ३ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेण्ट राख्न खोजेको हो ।

स्वास्थ्य मन्त्रालयले चैत ६ गते सूचना जारी गर्दै ७ दिनभित्र निवेदन दिन भनेको छ ।

 

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com