सरकार भन्छ, २ करोड सिटामोल उत्पादन गर्दा १ करोड ६ लाख घाटा भयो


काठमाडौं । पछिल्लो केही दिन यता सिटामोलको मुल्य, त्यसको वजनका विषयमा बहस सुरु भएको छ । औषधि सल्लाहकार समितिले सिटामोलको वजन ५ सय मिलिग्रामबाट ६ सय ५० मिलिग्राम बनाउन स्वीकृती दिएपछि वहस सुरु भएको छ ।

बजारमा नाम सुनेका चिकित्सकहरु डा. लोचन कार्की, डा भगवान कोइराला, डा ऋषिकुमार काफ्ले लगायतले सिटामोलको वजन बढाउने विषयलाई सकारात्मक रुपमा लिएका छन् । पछिल्लो समय ५ सय मिलिग्रामले सबैलाई काम नगरेको भन्दै चिकित्सकहरुले यसलाई बढाएर ६५० मिलिग्राममा उत्पादन गर्दा सबैलाई मिल्न जाने बताएका छन् ।

डा ऋषिकुमार काफ्ले मिलिग्राम बढाउँदा मकै खाएको जस्तो चिकित्सकको सल्लाह बिना खानु घातक हुने बताउँछन् । ‘हामीलाई ६५० मिलिग्रामको सिटामोल आवश्यक भएको छ उनले भने, ‘तर चिकित्सकको सल्लाह बिना खाएको खण्डमा यसले शरिरका अन्य अंगहरुलाई बिगार्न सक्छ ।’

धेरैले ६५० मिलिग्रामको सिटामोल उत्पादन गर्ने स्वीकृतीलाई मुल्य बढाउने कडीका रुपमा लिएका छन् । हुनत सिटामोलमा मुल्य वृद्धि नभएको धेरै वर्ष भएको छ । अहिले कच्चा पदार्थको मुल्य वृद्धि भएको छ । जनशक्ति, बिजुली, कच्चा पदार्थ लागत बिगतमा अर्थात सिटामोलको मुल्य १ रुपैयाँ तोक्दाको भन्दा धेरै बढेको छ । तर, हाल सम्म सिटामोलको मुल्य बढ्न सकेको छैन ।

उपभोक्तावादीहरुले सिटामोलको मुल्य बढाउन नहुने तर्क दिएका छन् । ज्योती बाँनीया सिटामोलको मिलिग्राम बढाउनु र मुल्य बढाउनु गलत भएको बताउँछन् । ५ सय मिलिग्रामको मुल्य १ रुपैयाँ रहेको छ । यसको लागत एक रुपैयाँ भन्दा बढी पर्ने आधार औषधि उत्पादकहरुले दिन नसकेको उपभोक्तावादीहरुको तर्क रहेको छ ।

स्वास्थ्य लाइभले नेपाल सरकारलेनै सिटामोलको उत्पादनमा कच्चा पदार्थको मुल्य बढेकाले मुल्य वृद्धि अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयसमक्ष रकम माग गरेको फेला पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्रले सिटामोलमा निजीले ठुलै घाटा व्यहोरेर बिक्रिगरिरहेको पुष्टि गर्छ ।

स्वास्थ्य लाइभले प्राप्त गरेको पत्र अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई नेपाल औषधि लिमिटेडलाई मूल्य वृद्धि अनुदान उपलब्ध गराईदिन अनुरोध गरेको छ । उसले लेखेको छ, सिटामोलको माग बजारमा बढेको छ । मागलाई व्यवस्थापन गर्न कच्चा पदार्थ खरिद गर्नुपर्ने अवस्था छ । तर, सिटामोलका लागि चाहिने अन्य कच्चा पदार्थको मुल्य अन्तराष्ट्रिय स्तरमै उच्च रहेको छ । विगतमा कच्चा पदार्थ प्रतिकेजी ४ सय ४८ रुपैयाँ पर्ने गरेकोमा बढेर १५ सय १२ रुपैयाँ भएको छ ।

कच्चा पदार्थमा देखिएको अत्याधिक मुल्य वृद्धिको भारले नेपाल औषधि लिमिटेडलाई सिटामोल उत्पादन गर्न मुल्य वृद्धि अनुदान उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई भनेको छ । त्यति मात्रै होर, २ करोड चक्की बजारमा पठाउन आवश्यक भएको तर, २ करोड चक्की उत्पादन गर्दा १ करोड ६ लाख ५६ हजार रुपैयाँ नोक्सानी हुने भएको छ । यो हामीले भनेका हैनौं नेपालको स्वामित्व रहेको नेपाल औषधि लिमिटेडले भनेको हो ।

नेपाल औषधि लिमिटेडलाई महगों भएको कच्चा पदार्थ निजी उद्योगहरुलाई पक्कै सस्तो छैन । सरकार स्वयंले घाटाको कुरा गरेर मुल्य वृद्धि अनुदान माग गरेको विषयले निजी क्षेत्र पनि सिटामोलको हालको मुल्यमा घाटा व्यहोरेर आम नागरिकलाई सेवा पु¥याइरहेको छ भन्ने कुरामा दुई मत छैन ।

क्याटेगोरी : जीवनशैली
ट्याग : ##औषधि सल्लाहकार समिति, #डा. लोचन कार्की, #सिटामोल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com