आईटी माफिया विकल पौडेलले चूडामणि शर्माको ‘रेकर्ड ब्रेक’ गर्ने सम्भावना


काठमाडौं । आईटी माफिया विकल पौडेलले निलम्बित सहसचिव चूडामणि शर्माको ‘रेकर्ड ब्रेक’ गर्ने सम्भावना बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा ४ महिना बसेका चूडामणिको रेकर्ड विकलले तोड्ने सम्भावना बढेको हो ।

कर फर्स्यौट आयोग र गैरकानुनी सम्पत्ति आर्जनलगायतका छानबिनमा चूडामणिलाई हिरासतमा लिएर अख्तियारले अनुसन्धान गरेको थियो । उनी ४ महिना अख्तियारको हिरासतमा बसेका थिए । अकुत सम्पत्ति आर्जनको अनुसन्धान कै लागि विकल पौडेलमाथि पनि अख्तियार कै हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । अख्तियारले गत माघ १० मा विकललाई निजी निवास मण्डिखाटारबाट पक्राउ गरेको थियो । उनी अहिलेसम्म अख्तियार कै हिरासतमा छन् । उनी जेठ १० सम्म अख्तियारको हिरासतमा रहे भने चूडामणिको ‘रेकर्ड ब्रेक’ गर्छन् ।

यसैबीच अख्तियारले विकल पौडेलमाथि अकुत सम्पत्ति आर्जनको अर्को मुद्दा विशेष अदालतमा दायर गर्ने तयारी थालेको छ । सुरक्षण मुद्रण केन्द्रको खरिद र अमेरिकी ग्रीन कार्ड लिएको कुरा ढाँटेर जागिर खाएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका विकलले तेस्रो भ्रष्टाचारको मुद्दा  सामाना गर्नु पर्ने अवस्था आएको छ । विकलमाथि आधा दर्जन बढी भ्रष्टाचारका मुद्दा लाग्ने सम्भावना देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com