प्रधानमन्त्रीलाई विमानस्थलमा छाडेर फर्किएको प्रहरीको गाडीले ठक्कर दिँदा एक घाइते 


काठमाडौं । भारत भ्रमणका निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलमा छाडेर फर्किएको प्रहरीको गाडीले ठक्कर दिँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

विमानस्थलबाट फर्किने क्रममा उक्त गाडीले बानेश्वरमा एक व्यक्तिलाई ठक्कर दिएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका ती व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । उनको पहिचान भने खुलिसकेको छैन । प्रहरीका अनुसार गाडीको ढोका खुल्दा मोटरसाइकलमा सवार ती व्यक्ति घाइते भएका हुन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com