सैन्य कमाण्डरको झल्को दिने गरी परेड खेलाउदै डब्ल्यूएचओका राजेश पाण्डव

स्वास्थ्यका अधिकारी निरीह बन्दा पदीय मर्यादाविपरीत मुख्यमन्त्रीदेखि राष्ट्रिय सभा अध्यक्षसम्म दुरुपयोग


घटना १ :

एक महिना अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डब्ल्यूएचओको पैसामा कर्णाली प्रदेशमा कोभिड-१९ विरुद्धको खोप जोखिम सञ्चार तथा सामुदायिक सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कर्णाली पुगेका डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डव कार्यक्रम सकेलगत्तै परेड खेलाउनतर्फ केन्द्रित भए ।

उनले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई डब्ल्यूएचओको भेस्ट दिएर जंगलतिर परेड खेलाए । स्वास्थ्य मन्त्रालयले एउटा कार्यक्रमका लागि पैसा व्यवस्थापन गर्न लगेका डब्ल्यूएचओका प्रतिनिधि पाण्डवलाई ‘छाडा’ छोड्दा उनले मुख्यमन्त्रीलाई समेत दुरुपयोग गरेर परेड खेलाए ।

कोभिड-१९ खोप व्यवस्थापनमा चुनौती देखिएको र खोपको संकट र लगाउने बेलामा चाहिने उक्त कार्यक्रम पैसा दुरुपयोग गर्ने उद्देश्यले ८३ प्रतिशत खोप लगाइसकेपछि राखियो । त्यो कार्यक्रमको कुनै औचित्य नभएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगिता कौशल मिश्राको ‘केटाकेटीपना’को फाइदा उठाउँदै पाण्डवले आफू अनुकूल दुरुपयोग गर्न थालेको स्वास्थ्य मन्त्रालयमा चर्चा छ । कर्णालीको कार्यक्रममा त्यसैको फाइदा उठाउँदै पाण्डवले मुख्यमन्त्री शाहीलाई परेड खेलाउन सफल भए ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकलाई भेटेर स्वास्थ्य सम्बन्धी सल्लाह दिने हैसियत मात्र भएका डा. पाण्डव स्वास्थ्य मन्त्रालयमा गएर मन्त्री र सचिव र महाशाखा प्रमुखलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्दै आएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार उनले विभागमा गएर दुईपटक मात्र भेटेका छन् ।

हुन पनि हो मुख्यमन्त्री र मन्त्री सचिवलाई नै परेड खेलाउने हैसियत भएका डा. पाण्डव महानिर्देशकलाई किन ‘बाल’ दिन्थे र ! मन्त्रीलाई नै ब्रिफिङ दिएर आफू अनुकूल घुमाउने उनले दैनिक रुपमा भेटेर ब्रिफिङ गर्नुपर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई गन्न छाडेका छन् । महानिर्देशकलाई त पाण्डवले परेड खेलाउन समेत लायक ठानेका छैनन् ।

 

घटना २ :

कर्णाली प्रदेशमा जस्तै प्रदेश नम्बर एकमा राखेको डब्ल्यूएचओको भोज कार्यक्रममा सहभागी हुन् राष्ट्रिय राष्ट्रिय सभाका अध्यक्ष गणेश  प्रसाद तिमिल्सिना पुगेका थिए । कोभिड-१९ विरुद्धको खोप जोखिम सञ्चार तथा सामुदायिक सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम भनेपनि डब्ल्यूएचओको पैसामा मासु-भात खान पाइन्छ भनेर स्वास्थ्यका अधिकारीहरू उक्त भतेरमा सहभागी हुन् मरिहत्ते गर्छन् ।

मासु-भातमै स्वास्थ्यका अधिकारीलाई बिक्ने भएपछि डब्ल्यूएचओका प्रतिनिधि डा. पाण्डवलाई खुदो पल्टिएको छ ।

उनले त्यो कार्यक्रममा सहभागी हुन गएमा राष्ट्रिय राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई पनि कर्णालीका मुख्यमन्त्री शाहीलाई जस्तै परेड खेलाइदिए । त्यसपछि मधेश प्रदेशमा भएको कार्यक्रममा पनि अध्यक्ष तिमिल्सिनाको सक्रिय सहभागिता रह्यो ।

यी केही प्रतिनिधिमुलुक घटनाहरु मात्र हुन् । यो डब्ल्यूएचओका प्रतिनिधि पाण्डवका लागि भने ठूलो उपलब्धि हो । तर परेड खेल्न जाने मुख्यमन्त्री शाही र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले पदीय मर्यादाविपरीत गरेको काम हो ।

स्वास्थ्यका अधिकारी निरीह बन्दा डा. पाण्डवले पदीय मर्यादाविपरीत मुख्यमन्त्रीदेखि राष्ट्रिय सभा अध्यक्षसम्म दुरुपयोग गर्दै आएका छन् । यसले नेपालको स्वास्थ्य क्षेत्रमा मात्र होइन राजनीति क्षेत्रलाई पनि आफ्नो स्वार्थमा घुमाउन सकिन्छ भनेर पाण्डवहरूको विश्वास बढ्ने काम भएको छ ।

देशमा दिर्घरोगीको संख्या ११ लाख बाट १७ लाख पुग्यो

डब्ल्यूएचओको नेपाल कार्यालय प्रमुख डा. राजेश संभाजीराव पाण्डवले सडक मात्र हैन, जंगल भिर पाखा खोला, नाला सबैतिर फौजी तयार पार्न परेड खेलाइरहेका छन् । हुन सक्छ उनले नसर्ने रोग रोक्न स्वास्थ्यका कर्मचारीलाई घाम पानी नभनी भिरपाखा दौडाइरहेका छन् । तर, त्यसको उपलब्धि शून्य भएको छ । बरु पाण्डवकै पालामा नसर्ने रोग ह्वातै बढेको तथ्यांकले देखाउँछ ।

पाण्डवले स्वास्थ्यका सबै कर्मचारी आफ्नो मुठीभर राखेका छन् । आफूलाई गोर्खाली ठान्ने नेपालीलाई तिनै पाण्डवले उठबस गराइरहेका छन् । त्यो पनि सामान्य आर्थिक प्रलोभनमा उनका पछाडि दौडिरहेका छन् ।

पाण्डव डब्ल्यूएचओ प्रमुख भएर आएपछि नसर्ने रोगको अवस्था

उच्च रक्तचाप : ६५७१५९

मुटुरोगी :६७८८९९

मधुमेहः ३४४७३७

मिर्गौला रोगः ३४९३०

क्यान्सर : १६५५०

जम्मा : १७३२२७५

पछिल्लो तथ्यांकअनुसार नेपालमा नसर्ने रोगको अवस्था बढ्दो छ । भीरपाखा परेड खेलाउने डब्ल्यूएचओ नेपाल प्रमुख डा.पाण्डवको भूमिकाले कुनै प्रभाव पारेको छैन । बरु नेपालका भीआइपीको हैसियत देखाइदिएको छ ।

डब्ल्यूएचओ नेपाल प्रमुख डा.पाण्डवको योग्यता परेड खेलाउने मात्रै 

डा. बाबुराम मरासिनी,

स्वास्थ्य विज्ञ

हामीले विगतमा एसियाको मान्छे नलिने भनेर बरु बर्माको नागरिक लिएका थियौं । बर्माका मानिसहरु नेपालीप्रति जहिले पनि सकारात्मक थिए । उनीहरुमा नहेप्ने, भेदभाव नगर्ने, स्पष्ट बोल्ने भएकाले लगातार दुईपटक बर्मेली नागरिक आए । त्यसपछि सबै युरोपेलीहरु डब्ल्यूएचओको नेपाल कार्यालय प्रमुख भएर आएका छन् । एकपटक भारतको पठाउने कुरा हुँदा हामीले अस्वीकार गरेका थियौं ।

भारतको व्यक्तिलाई ठाउँ दिदा सधै नेपालीहरुलाई हेपिरहेका हुन्छन् । नचाहिने कामप्रति उनीहरुको बढी लगाब हुने गरेको छ । अहिलेको डब्ल्यूआरको काम कुनै प्रोफेसनल छैन ।

अहिले किन र के उदेश्यले भारतीय नागरिक लिइयो सबैमा प्रश्न उब्जिएको छ । डब्ल्यूएचओ भनेको रोगको क्षेत्रमा हेर्न एउटा एजेन्सी हो । हाम्रो सीमा नाकाको समस्या छ यसमा भारतको स्वार्थ गासिएको हुन्छ । नेपाल, भारत र चीनको आफ्नै स्वार्थ छ । त्यसैले डब्ल्यूआर नेपालमा मौन बस्नुपर्छ । उसको जे अधिकार हो त्यो भन्दामाथि उक्लने अधिकार उनलाई छैन । अहिले जे गतिविधि पाण्डवले देखाएका छन् यसले नेपाललाई समस्या पार्न सक्छ ।

धेरै जसो भारतीयहरु आफ्नो देशको पक्ष लिएर हिड्छन् यो कुरा चिनलाई मन पर्दैन त्यसैलेबिचमा समस्या ल्याउनेभन्दा डब्ल्यूआर आफ्नो कामभन्दा बाहिर हिँड्ने नेपाल देशका लागि राम्रो हैन । हामीले धेरै देखियो यसले देशलाई लथालिङ् बनाउँछ । पाण्डवले नेपालको हितका काम गर्दैन । भारतीय दुतावासमा जाने राजदूतले भनेको मान्ने काम यिनीले गर्दै आएका छन् ।

डब्ल्यूएचओ नेपाल प्रमुखको योग्यता र क्षमता हामीले जाँच गरिसकेका छौं । उनको परेड खेलाउनेबाहेक कुनै योग्यता देखिएन । आफ्नो स्टेन्डर समेत पाण्डवले पालना गरेको छैन । विगतका डब्ल्यूआर यस्ता हुँदैनथे । बाहिर बसेर नियमित सल्लाह सुझाव दिन्थे ।  उनीहरुको काम परेड खेलाउने हुँदैन थियो । विगतमा जस्तो गहकिलो काम डब्ल्यूएचओबट भएन ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ##डा संगिता कौशल मिश्रा, #डब्ल्यूएचओ, #परेड, #मुख्यमन्त्री जीवनबहादुर शाही, #राजेश पाण्डव, #राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com