विश्व स्वास्थ्य दिवसमा क्रिस्टलकाे एक हप्ते नि:शुल्क शिविर
काठमाडौं । अघिल्ला दुई वर्ष काेराेना महामारीको त्रासले गर्दा विश्व स्वास्थ्य दिवस मनाउन सकिएन । यश वर्ष काेराेना घटेसँगै विश्व स्वास्थ्य दिवस मनाउने तयारी भएकाे छ ।
काेराेनाले गर्दा स्वास्थ्यमा मात्रै हैन आम नागरिकको दैनिक जनजीविकामाथि नै असर पर्यो। हरेक वर्ष एप्रिल ७ का दिन स्वास्थ्य स्वास्थ्य दिवस मनाइन्छ । नेपालले महामारीका कारण बेहोरेको चुनौती, सिकेका पाठ तथा देखिएका निम्न कमजोरीहरू यश वर्ष औँल्याउने जमर्को अधिकारीहरुले गरेका छन् ।
स्वास्थ्य दिवसको अवसर पारेर सरकार र स्वास्थ्यसँग आबद्ध विभिन्न सस्थाले समेत विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।
विश्व स्वास्थ्य दिवसको अवसरमा निजी क्षेत्रबाट संचालित क्रिस्टल डायग्नोस्टिक ल्याबले नागरिकलाई नि:शुल्क स्वास्थ शिविरको आयोजना गरेकाे छ ।
सिनामंगलस्थित क्रिष्टल डाइग्नोस्टिक ल्याबले २४ देखि ३१ गते सम्म केही ल्याब परिक्षणहरुमा नि:शुल्क साथै केहीमा ५०% छुट को बेबस्था गरेकाे छ । स्वच्छ वाताबरण स्वच्छ नेपाली भन्दै स्वास्थ क्षेत्रमा दिएको छुट सम्पूर्णले लाभ लिई स्वस्थ रहन सस्थाले अनुराेध गरेकाे क्रिष्टल डाइग्नोस्टिक ल्याबका प्रबन्ध निर्देशक रवीन्द्र केसीले बताए ।
दिवसका अवसरमा चिकित्सा सेवा लगायत, ब्लड ग्रुपिङ, बिपि जाँच, आरबिएस, बिएमआइ लगायत परिक्षण नि:शुल्क गरेकाे छ ।
त्यस्तै आरएफटी, एलएफटी,टिएफटी, सिबिसी लगायत परिक्षणमा ५० प्रतिशत छुटकाे व्यवस्था गरेकाे छ ।
शिविरमा प्रोमेड मल्टिस्पेशालिटी सेन्टर प्रा. लि,लायन्स क्लब अफ काठमाडौं, वेलकेयर मिरमिरेयुवा आवाज, सिनामंगल युवा एलायन्स र अनि ॐ नगर टोल सुधार समितीले सहयोग गरेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस