आज विश्व स्वास्थ्य दिवस


काठमाडौं । आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । सरकारी निजी संघ संस्थाहरुले विभिन्न कार्यक्रमगरी मनाइरहेका छन् । वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित रहेर स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावका कारण जलवायु संकटले मानिसहरुको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । विश्वमा दस मध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

विश्वमा २ अर्ब मानिस सुरक्षित पिउने पानी र ३ दशमलब ६ अर्ब मानिस सुरक्षित सरसफाईको अभावमा छन् । प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाईको अभावका कारण हुने झाडापखाला रोगबाट ८ लाख २९ हजार मानिसको ज्यान जाने गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा बर्षेनी वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सूर्तीजन्य रोगका कारण २७ हजार १०० को अकालमै मृत्यु हुने गरेको छ । यता स्वास्थ्य सेवा दिवसको अवसरमा क्रिस्टल डायग्नोस्टिक ल्याब र अल्फा हेल्थ केयरले पनि विशेष छुट सहितको स्वास्थ्य परिक्षण सुरु गरेका छन् । उनिहरुले विश्व स्वास्थ्य दिवसका अवसरमा एक हप्ताभर निःशुल्क शिविर तथा सोही अवधिभर केही ल्याब परिक्षणमा २० देखि ५० प्रतिशत सम्म छुट दिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ