भोजपुर स्वास्थ्य शिविरमा योगदान पुर्‍याउने चिकित्सकहरूलाई सम्मान गरिने


काठमाडौं । गत फागुन २७ र २८ गते भोजपुर सम्पन्न वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा योगदान पुर्‍याउने चिकित्सक तथा संघ, संस्थालाई सम्मान गरिने भएको छ ।

नेपाल चिकित्स संघ, दावाँली मिलन क्लबको संयुक्त सहकार्य र आयोजनामा सञ्चालित उक्त स्वास्थ्य शिविरमा योगदान पुर्‍याउने चिकित्सक तथा संघ, संस्थालाई सम्मान गर्न लागिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए । भोलि (शुक्रबार) बबरमहलस्थित कार्की व्यांक्वेट उक्त स्वास्थ्य शिविरमा योगदान पुर्‍याउने चिकित्सक, स्वास्थ्यकर्मी तथा संघ, संस्थालाई सम्मान गर्दै प्रशंसा-पत्र प्रदान गर्न लागिएको अध्यक्ष डा. कार्कीको भनाइ छ ।

दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठका अनुसार पूर्व उपप्रधानमन्त्री प्रकाशमानसिंहको हातबाट भोजपुरमा सम्पन्न वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा योगदान गर्ने चिकित्सक तथा संघ, संस्थालाई सम्मान गरिने कार्यक्रम राखिएको छ । उक्त कार्यक्रम ७: ४५ बजे बजे बबरमहलमा रहेको  कार्की व्यांक्वेटमा राखिएको हो ।

भोजपुर स्वास्थ्य शिविरमा डा. लोचन कार्कीदेखि डा. भगवान कोइरालासम्मको जमघट भएको थियो ।  भोजपुर जिल्ला अस्पताल अस्पतालमा निःशुल्क स्वास्थ्य शिविरमा नेपाल चिकित्सक संघका अध्यक्ष समेत रहेका डा. कार्की, कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत,  ट्रमा सेन्टरका निर्देशक प्रमोद जोशी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, ओम अस्पतालका अध्यक्ष आनन्दप्रसाद श्रेष्ठलगायतको विशेेष योगदान रहेको छ ।

त्यस्तै उक्त वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा नेपाल चिकित्सक संघको कार्यसमितिमा रहेका अधिकांश चिकित्सकसहित छाला तथा यौन रोग डा. सञ्जुबाबु श्रेष्ठ, न्युरोसर्जन डा. प्रत्युश श्रेष्ठ, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. रश्मी कोइरालालगायत ५० जनाभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरू संलग्न रहेका थिए ।

३ हजार बढीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको उक्त स्वास्थ्य शिविर भोजपुर नगरपालिकाको आयोजना, दावाँली मिलन क्लबको समन्वय र नेपाल चिकित्सक संघको सक्रिय सहभागी र योगदानमा सम्पन्न भएको हो ।

शिविरमा स्वास्थ्य राज्यमन्त्री समेत भइसकेका उमेश श्रेष्ठसहित हास्यकलाकार मनोज गजुरेल, औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी, ट्रु डर्माका संचालक शुसान्त मुरारका, फ्रन्ट लाइन अस्पतालका संचालक नवराज पाण्डे, सेन्चुरी वैंकका अध्यक्ष राजेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यी हुन् स्वास्थ्य शिविरमा योगदान पुर्‍याउने चिकित्सक

डा भगवान कोइराला
डा लोचन कार्की
डा रत्नमणी गजुरेल
डा भुपेन्द्र बस्नेत
डा बद्री रिजाल
डा प्रमोद जोशी
डा सुताप यादव
डा प्रशंसा थापा
डा प्रशिद्ध कणेल
डा विमल न्यौपाने
डा प्रकाश बुढाथोकी
डा रविन बस्नेत
डा विश्व दवाडी
डा विक्रान्त ढकाल
डा नन्दा कुमारी गुरुङ
डा सुमन न्यौपाने
डा राकेश साह
डा मनेन प्रसाद गोरखाली
डा प्रविन बस्नेत
डा अनिल बिक्रम कार्की
डा संजिव पौडेल
डा गुरु शरण साह
डा उमेश नेपाल
डा रोशन खतिवडा
डा पदम भुसाल
डा मनिस थापा
डा प्रत्युस श्रेष्ठ
डा सन्जुबाबु श्रेष्ठ
डा एलिस पछाई
डा अस्रु श्रेष्ठ
डा फणिन्द्र साह
डा राजेन्द्र चौधरी
डा दिपक सिक्देल
डा सुनिल रेग्मी
डा राजेश नेपाल
डा असिल घिमिरे
डा तेजेन्द्र कार्की
डा फरवाड सिलवाल
डा सुजन गौतम
डा इन्द्र नारायण यादव
डा रौनक ढकाल
डा आलोक झा
डा हिमन्त बिक्रम दाहाल
डा बिपेश आचार्य
डा पे्रशा आचार्य
डा राजन आचार्य
डा स्मारीका आचार्य
डा मनोज लाखे

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #जिल्ला अस्पताल भोजपुर, #दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठ, #निःशुल्क स्वास्थ्य शिविर, #नेपाल चिकित्सक संघ, #पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, #भूपेन्द्र कुमार बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com