वीरमा फेरी ‘लफडा’ सुरु
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई लिएर फेरी विवाद सुरु हुन थालेको छ । वीरको नयाँ सर्जिकल भवन संचालन र दुवाकोटको बिस्तारित परियोजना अगाडी बढ्ने भएपछि केही व्यक्तिहरु स्वास्थ्य सामग्री खरिको सेटिङ्मा लाग्न थालेको आरोप त्यहीका कर्मचारीहरुले बताउँन थालेका छन् ।
विभिन्न काण्डमा मुछिएका व्यक्तिहरुनै अहिले खरिद शाखामा आवद्ध भएको भन्दै विरोध सुरु भएको छ । वीर अस्पतालको प्रशासनमा वर्षौं काम गरेपछि खरिदमा जान पाइन्छ । तर केही व्यक्ति सिधै खरिद एकाइमा आइ काम गरेको अन्य कर्मचारीको आरोप छ ।
खरिद एकाइका अरू सदस्य र अस्पतालका कर्मचारीलाई ‘म अख्तियार, पुलिस, सामान्य प्रशासन र स्वास्थ्य मन्त्री निकट हुँ’ भन्दै सबै कोटेशन र उपकरण खरिदको फाइल लिने र आफु निकटसँग महङ्गो मूल्यमा कोटेशन मिलाउने गरेका छन्’ एक कर्मचारीले भने, ‘कमसल सामान मगाएर कमिशन लिँदै मानव स्वास्थ्य माथिनै खेलवाड गरिरहेका छन् यसले व्यक्ति मोटाउला तर, अस्पताल भने धरासायी बन्दै जाने छ ।’
अस्पतालको मेडिकल, सर्जिकल, केमिकल, सरसफाइ, माइक्रोस्कोप, छपाइलगायत टेन्डर आफूनिकट ब्यापारी र बेरुजु शाखा प्रमुख भगवती थपलियाको मिलोमतोबाट करोडौं रुपैयाँको अनियमितता गरेको अस्पताल उच्च स्रोत बताउँछ ।
स्रोत भन्छ, ‘उनले दाँत सम्बन्धी टेन्डर न्याम्स–एनसीबी–७८–७९–४५, न्युरो सर्जरी न्याम्स–एनसीबी–७८–७९–३९ टेन्डर आह्वान हुनु अगाडि नै व्यापारीसँग बाहिर होटलमा बसेर लागत अनुमान बताउँदै उनीहरुकै स्पेक अनुसार टेन्डर निकाली महङ्गोमा टेन्डर हाल्न लगाइ गुणस्तरहीन सामान अस्पताल भित्र्याउन लागेका छन् ।’
त्यस्तै अस्पतालले गत मार्च १० तारिखमा १० वटा ओटी लाइट पाँच करोडमा किनाउन खोजे । आईएफबी नम्बरः न्याम्स–एनसीबी–७८–७९–४३ को टेन्डर आह्वान गरिएको थियो । सो टेन्डर आह्वान अगाडि नै अस्पतालले स्पेक बनाउन युरोलोजी विभागका विवादित डा अनिल श्रेष्ठलाई जिम्मा दिइएको थियो । उनले आफू निकटको फर्मले मात्र टेन्डर पाउने गरी स्पेक बनाएपछि अन्य व्यापारीहरुले विरोध गरेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस