चन्द्रागिरीका वडाध्यक्ष खड्काले बाँड्न लागेको डेढ लाखको साडी बरामद


काठमाडाैं ।  चन्द्रागिरी नगरपालिकाका वडाध्यक्ष सन्तोष खड्काले निर्वाचनकोआचार संहिताविपरीत स्थानीय महिलाहरुलाई वितरण गर्न लागेको १ सय १० थान साडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोभिडमा जनता भोकै राख्ने वडाध्यक्ष खड्का चुनावको मुखमा डेढ लाखको साडी बाँड्दै गरेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रतिथान झन्डै १५ सय पर्ने साडी डेढ सय थान वडाध्यक्ष खड्काले बाँड्ने काम अघि बनाएको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरी नगरपालीका बलम्बु काठमाण्डौबाट निर्वाचन आचार संहिताविपरीत स्थानीय महिलाहरुलाई साडी बितरण गर्न लागिएको भन्ने सूचना प्राप्त हुन आएपछि नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उक्त सूचनाको आधारमा तत्कालै प्रहरी बृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा चन्द्रागिरी नगरपालीका वडा नं. ८ को वडा कार्यालयको भवनबाट स्थानीय महिलासमूहलाई बितरण गर्न तयारी अवस्थामा राखिएको साडी थान-११० नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

 

साडी वितरणको घटनाका सम्बन्धमा प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भईरहेको महानगरीय प्रहरीले जनाएको छ ।

 वडाध्यक्ष खड्काको बेदमासी

उनले हिजो एक सूचना जारी गर्दै आज दिउँसो २ बजे चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ को कार्यालय मातातिर्थमा आई साडी बुझ्न आउनु भनेर वडावासी दिदीबहिनीहरुलाई जानकारी गराएका थिए  । वडावासी दिदीबहिनीहरुले आवेदन दिएका आधारमा उनले साडी बाँड्न खोजेका हुन्  ।

हेनुहोस् सूचना

सरकारी खर्चबाट चुनावको मुखमा साडी बाँड्ने नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष खड्का व्यापक आलोचना भएपछि साडी बाँड्ने कार्यक्रम नभएको भन्दै खण्डन गरेका थिए ।

उनले भ्रामक सूचनाको भएको खण्डन गर्दै साडी वितरण गर्ने कार्यक्रम नरहेको दाबी गरेका थिए । तर प्रहरीले १ सय १० थान साडी बरामद गरेपछि उनको झूटको पर्दा खलेको छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #चन्द्रागिरी -८ वडाध्यक्ष, #सन्तोष पौडेल, #साडी बाँड्ने कार्यक्रम

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com