शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय, स्वास्थ्य र पर्यटनलाई फाइदा


काठमाडौं । सरकारले जेठदेखि १ गतेदेखि लागू हुने गरी हप्ताको दुईदिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । लामो बहसपछि सरकारले हप्ताको दुईदिन विदा दिने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालय, आयाल निगम, स्वास्थ्य मन्त्रालय र वातावरण मन्त्रालयले हप्ताको दुईदिन विदा दिने गरी निर्णय गराउन लामो प्रयास गरेका थिए । पर्यटन मन्त्रालयले पर्यटन प्रवर्द्धन र वृद्धि गर्न, आयात निगमले तेलको खपत खटाउन र स्वास्थ्य र वातावरण मन्त्रालयले धुवा धुलोलगायतका प्रदुषणका कारण वातावरण र जनस्वास्थ्यमा असर परिरहेको भन्दै हप्ताको दुईदिन विदा दिन लबिइङ गर्दै आएका थिए ।

सरकारले अन्य दिन बिहान साढे ९ देखि बेलुका साढे ५ बजेसम्म कार्यालय खुल्ने गरी हप्ताको दुईदिन विदा दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद्ले हाललाई परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com