गाँजा अभियान्ता केशव स्थापित भ्रष्टाचारदेखि यौन दुराचारसम्म मुछिए


काठमाडौं । गाँजा अभियान्ताका रुपमा परिचित एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापित भ्रष्टाचारखि यौन दुराचारसम्म मुछिए छन् ।

लागुऔषध गाँजाको गाउँ गाउँमा खेती गरेर पैसा कमाउने योजना बाँड्दै हिँडेका स्थापितमाथि मेयर हुँदा यौन दुराचार र भ्रष्टाचार गरेको आरोप लागेको छ । काठमाडौं महानगरपालिकाकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले स्थापितमाथि यौन दुराचारीको आरोप लगाइरहेका बेला उनले  गरेको भ्रष्टाचारको तथ्य समेत सार्वजनिक भएको छ ।

स्थापितले तत्कालीन समयमा चुंगीकर ठेक्कामा दिँदा भ्रष्टाचार गरेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख केशव स्थापितबाट असूल उपर गर्न काठमाडौं महानगरपालिकामा पठाएको र सो को कार्यान्वयनको जानकारी प्राप्त नभएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाले समेत सूचना निकाल्दै स्थापितलाई ३ करोड २५ लाख ५० हजार १ सय १३ रुपैयाँ २७ पैसा दाखिला गराउन भनेको छ । अख्तियारले चुंगीकरमा भ्रष्टाचार गरेको ठहर गरेको उक्त रकम दाखिला गर्न महानगरपालिकाले स्थापितको नाममा सूचना निकालेको देखिन्छ ।

नयाँ बजार जग्गा एकीकरण आयोजना अन्तर्गतको खानेपानी योजना निर्माण कार्यको बोलपत्र मूल्यांकन गर्दा पनि स्थापितमाथि भ्रष्टाचारको विषयमा अख्तियारले सचेत गराएको फेला परेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा उठेका गाँजा अभियान्ता केशव स्थापित भ्रष्टाचारदेखि यौन दुराचारसम्ममा मुछिएका छन् । महिला हिंसा र भ्रष्टाचार जस्तो जघन्य अपराधमा आरोपित स्थापितलाई एमालेले काठमाडौं महानगरपालिका जस्तो ठाउँमा मेयरको उम्मेदवार बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## भ्रष्टाचार, ##गाँजा, #काठमाडौं महानगरपालिका, #केशव स्थापित, #चुगीकर घोटाला, #मेयरका उम्मेदवार, #यौन दुराचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com