सिर्जनाका सात ‘स’को संकल्प, महानगरीय अस्पतालदेखि भ्रष्टाचारमुक्त महानगरसम्म


काठमाडौं ।  नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी सिर्जनाका सात ‘स’को संकल्प गरेकी छिन् ।

सिर्जनाले गरेको सात ‘स’को संकल्पमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा, दिगो पर्यावरण, सुरक्षित सहर, संस्कृति, सम्पदा, र सभ्यता,सबल र समुन्नत पूर्वाधार तथा सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासी रहेको छ । संकल्पभित्र महानगरीय अस्पतालदेखि भ्रष्टाचारमुक्त महानगरसम्म उल्लेख छ ।

यी हुन् सिर्जनाका सात ‘स’को संकल्प

 

१. सेवा र सुशासन
-महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने संकल्प गर्दछु ।
-भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृस्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु ।
-संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसंग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु ।
२. स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा
-शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु ।
– स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुनस्र्थापना सहितको ‘शहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ को स्थापना र विशेषज्ञ सेवासहितको महानगरिय अस्पतालको संचालन गर्नेछु ।
-ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति बिपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु ।
३. स्वच्छ, सफा, दिगो पर्यावरण
-काठमाडौं महानगरलाई श्भचय ध्बकतभ नगरपालिका बनाउनेछु ।
-पिउन योग्य पानी, श्वाश फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्नेछु ।
-सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनस््र्थापना तथा विस्तार गर्नेछु ।


४. सुरक्षित सहर
-महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिंडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु ।
-विपत थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्नेछु ।
५. संस्कृति, सम्पदा, र सभ्यता
-मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाड–पर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसंग जोड्नेछु ।
-गुठी प्रणालीको प्रवर्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्नेछु ।
६. सबल र समुन्नत पूर्वाधार
-सहज रुपमा हिंडडुल गर्ने पुर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई बिकास गर्नेछु ।
-महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रबिधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु ।
-महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पुर्ण पुर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्नेछु ।
७. सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासी
-युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि
आवश्यक पहलकदमी लिनेछु ।
-उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #नेपाली कांग्रेस, #मेयर उम्मेदवार, #सिर्जना सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com