केपी ओलीले लगाए स्वास्थ्यमन्त्री खतिवडामाथि घिचेको आरोप


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई घिचुवाको संज्ञा दिएका छन् । उनले खतिवडालाई अगस्तेसँग तुलना समेत गर्न भ्याएका छन् ।

स्वास्थ्यमन्त्री खतिवडाको गृहजिल्ला मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको आरोप लगाएका हुन् ।‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ मैले भनिराख्नुपर्ला जस्तो लाग्दैन् । अगस्ते जस्तो अनुहार भएका छन्,’ उनले भने, ‘अगस्ते भन्ने एउटा ऋषि थिए । जति खाए नपुग्ने, जति पानी खाए नपुग्ने, जति पानी पिए पनि प्यास नमेट्ने । त्यस्तै १४ लाख डोज ह्वाम पार्दा पनि नपुग्ने, अर्बो खाँदा पनि पेट नभरिने ।’ उनले यो प्रसंग कोट्याउँदै स्वास्थ्यमन्त्री खतिवडामाथि खोप घिचुवाको आरोप लगाएका हुन् ।

वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप खाएको ओलीको ओलीको आरोप छ । ‘२४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझै स्वाट्ट निले । २४ लाख डोज ट्रकमा अटाउँदैन्, त्यति सर्लकै निले । अहिले अरबौंका औषधि औजारहरू, सिटी स्क्यानका मेसिनहरू, एक्सरे मेसिनहरू कुनै अस्पताललाई चाहिएर होइन, डाक्टरले चलाउने गरी कुनै जिल्लालाई माग भएर होइन, पैसा चाहिएर, कमिसन चाहिएर चुनावको मुखमा खरिद हुँदैछ,’ ओलीले भने । आज चुनावी सभालाई सम्बोधन गर्न हेटौंडा पुगेका ओली स्वास्थ्यमन्त्री खतिवडाप्रति निकै आक्रोशित देखिए ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ## खोप बेचुवा, #अगस्ते, #एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, #घिचुवा, #मकवानपुर हेटौडा, #स्वास्थ्यमन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com