पूर्वी नेपालमा ठूलो वर्षा र आँधीवेरी आउन सक्ने


काठमाडौं । पूर्वी नेपालमा आगामी २४ घण्टामा ठूलो वर्षा र आँधीवेरी आउन सक्ने सम्भावना देखिएको छ ।

असानी चक्रवातको असर बंगलादेश र कोलकातासम्म पर्ने हुँदा पूर्वी नेपाल पनि यसबाट पर नरहने चेतावनी दिइएको छ । यसैका कारण पूर्वी नेपालमा २४ घण्टाभित्र ठूलो वर्षा र आँधीवेरी हुनसक्ने सतर्क रहन सचेत गराइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श अनुसार “प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।”

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com