चाैधरी फाउन्डेसनले कान्ति बाल अस्पतालमा २५ शय्याकाे उपकरण जडित आकस्मिक कक्ष हस्तान्तरण गर्याे


काठमाडौं  । चाैधरी फाउन्डेसनले कान्ति बाल अस्पतालमा २५ शय्याकाे आकस्मिक कक्ष हस्तान्तरण गरेकाे छ । एक कार्यक्रममा बिच चाैधरी फाउन्डेसनले अस्पतालमाबनाएकाे आकस्मिक कक्ष हस्तान्तरण गरेकाे हाे । फाउन्डेसनले निशुल्क वाइफाइ, अत्याधुनिक वेड लागायत आकस्मिक सेवामा चाहिने सबै प्रकारका उपकरण सहित अस्पताल व्यवस्थापनलाई बुझाएकाे  अस्पतालका निर्देशक डा युवानिधि बसाैलाले बताए ।
आकस्मिक कक्षमा २५ वटा  अत्याधुनिक वेड, १८ वटा इलेक्ट्रोनिक वेड, २५ वटा मनिटर, २५ वटा इन्फुजन पम्प, २५ वटा सिरिन्ज पम्प, १४ वटा रेडियन वामर, २ वटा इमर्जेन्सी ट्रली, फाेटाे ग्राफि युनिट, लिक्युट वामर, इसिजि मेसिन लगायत अत्यावश्यक सेवामा चाहिने सबै खाले उपकरण जडान गरिएकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com