मेयरमा अघि बढ्दै बालेन, अस्पतालसहितका योजना थप्दै भीम उपाध्याय


काठमाडौं । राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि मत गणना जारी छ । ५० हजार बढी मत गणना हुँदा स्वतन्त्र उम्मेदवार(लौरो) वालेन्द्र साह (बालेन) अग्रस्थानमा छन् ।

बालेनले नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई पछि पार्दै लगातार अगाडि बढिरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार बालेन २१ हजार १ सय ११, स्थापित १० हजार ९ सय ९८,सिर्जना १० हजार १ सय ७३ मत ल्याएका छन् । स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेट्न सकिंदैन ।

यता बालेन काठमाडौं महानगरपालिकाको मेयरमा अघि बढिरहँदा उनको पक्षमा खुलेर मैदानमा आएका पूर्व सचिव भीम उपाध्याय भने अस्पतालसहितका योजना थप्दै जान थालेका छन् । काठमहानगरमा बालेनले एउटा अन्तर्राष्ट्रियस्तरको बोनम्यारो ट्रान्सप्लान्ट अस्पताल स्थापना गर्नुपर्ने उनको योजना छ ।  ‘नेपालमा सस्तोमा बोनम्यारो ट्रान्सप्लान्ट हुन्छ करिब रू १२ लाख खर्च लाग्छ। नेपालका बोनम्यारो ट्रान्सप्लान्ट गर्ने एक मात्र सर्जन सिभिल अस्पतालमा डा. विशेष पौडेल हुनुहुन्छ। तर त्यहाँ बेड संख्या नै पुग्दैन, लामो क्यु लागेको हुन्छ पालो आउँदैन, बिरामीहरू विदेश जान बाध्य छन्।’, पूूर्व सचिव उपाध्यायले भने, बोनम्यारोका विरामीहरू निरन्तर बढ्दैछ। सरकार र सिभिल अस्पतालले यसलाई प्राथमिकता पनि दिएको देखिदैन। बिरामीहरू त्यही उपचार गराउन भारत गएर पचासौँ लाख खर्च गरिरहेका छन्।’,

महानगरले सिभिल अस्पतालअन्तर्गत बोनम्यारो ट्रान्स्प्लान्ट सेन्टर खोल्न डा. विशेषलाई सघाउनु पर्ने तर्क गर्दै उनले विश्वस्तरीय नेपाली चिकित्सक विज्ञ छँदाछदै विदेश धाउदै पीडित र तिनका परिवारले ५ गुणा बढी किन खर्च गर्ने भनेर प्रश्न उठाएका छन् । यसका लागि फाउण्डेशन स्थापना गरेर श्रोत र विज्ञ परिचालन गर्न सकिने उनको धारणा छ ।

बालेन मेयर भएपछि  काठमाडौं महानगरमा भोलन्टियरहरू परिचालन गरी सामाजिक संस्था र दाताहरूको सहयोगमा ठाउँठाउँमा गरिब, भोका, खाना नपाएका गरिबहरूलाई दैनिक २ छाक भोजन गराउने लंगर सुरू गर्नुपर्ने उपाध्यायको अर्को सुझाव छ । ‘बालेनले काठमहानगरमा एउटा भोलन्टियर सेल स्थापना गरेर युवा भोलन्टियरहरूलाई सशक्त परिचालन गर्ने योजना लागू गर्नुपर्छ।’, उनले लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बालेनले जितेपछि काठमाडौं महानगरको अधिकार र कार्यक्षेत्रको सिमा भित्र रहेर उनले केके काम प्राथमिकताका साथ कसरी गर्नुपर्ला? सुझाव दिनुहोला भन्दै उपाध्यायले पनि योजना थप्न थालेका हुन् ।

काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा भने उनको फरक धारणा छ । काठमाण्डौँमा फोहर उठाउने समस्या नभएको भन्दै उनले त्यो सजिलै गर्न सकिने काम हो तर त्यो फोहर लगेर कहाँ थन्क्याउने लगाउने भनेर प्रश्न गर्छन् ।  यो गम्भीर समस्या रहदै आएको ३ दशक भइसकेको उपध्यायको दाबी छ । यहाँको फोहर लगेर छिमेकी पालिकामा लगेर फाल्ने कुरा व्यवहारिक एवं व्यवस्थापकीय दृष्टिले सधैँ जोखिमपूर्ण रहेको उनको निष्कर्ष छ । सधैँ समस्यामा फसिरहेको, कुनै दिगो समाधान नखोजेको वा खोज्न नजानेको वा नचाहेको वा आँट नभएको देखिदै आएको उपाध्यायको भनाइ छ ।

नयाँ मेयरको प्रतिक्षामा रहेका काठमाडौंका सडक तथा गल्लीका फोहोरको दिगो रुपमै यहीँ भित्र व्यवस्थापन गर्न ध्यान दिनुपर्न मेयरमा निर्वाचित नहुँदै बालेनलाई उपाध्यायले सुझाव दिएका छन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #अस्पताल, #काठमाडौं महानगरपालिका, #बालेन, #भीम उपाध्याय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com