स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका नाममा हेटौंडा उपमहानगरपालिका मेयर लामाद्वारा कार्यकर्ता भर्ती !


हेटौंडा । हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको उपाध्यक्षमा पार्टी कार्यकर्ता भर्ती गरेको खुल्न आएको छ । कार्यपालिकाको निर्णय बेगरनै मेयर लामाले नेकपा एकीकृत समाजवादीका कार्यकर्ता भर्ती गरिकी हुन् ।

उनले हेटौंडा उपमहानगरपालिका १९ वटै वडामा रहेको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको उपाध्यक्षमा विज्ञलाईभन्दा पार्टीका कार्यकर्तालाई जागिर खुवाएको आरोप लागेको छ । कार्यपालिकाले कुनै निर्णय नगरेको र वडाध्यक्षहरूसँग पनि परामर्श नगरी उनले आफ्नो पार्टीका १९ जना कार्यकर्तालाई स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको उपाध्यक्षको नाममा जागिर खुवाएको हेटौंडा उपमहानगरपालिकाकै अधिकारीहरुको आरोप छ ।  यो विषयमा स्वास्थ्य लाइभले बुझ्न खोज्दा मेयर लामा सम्पर्कमा आउन चाहिनन् ।

लामाले स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको उपाध्यक्षमा सिफारिस गरेका कार्यकर्ताहरूमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर एकमा बेगम बराल, वडा नम्बर दुईमा मीना लामा, तीनमा कुमार लामा, चारमा अर्चना शेर्पा, पाँचमा जानुका सञ्जेल, छ नम्बर वडामा रेश्मा विश्वकर्मा र सात नम्बरमा राजु अधिकारी रहेका छन् ।

त्यस्तै आठ नम्बर वडामा वैकुण्ठ सापकोटा, नौंमा सीता अधिकारी,  १० नम्बरमा सुशिला पौडेल, ११ नम्बरमा देव श्रेष्ठ,  १२ मा हर्ष देवी बल र १३ नम्बर वडामा विष्णु मायाको नाम सिफारिस भएको देखिन्छ । १४ नम्बर वडाको उपाध्यक्षमा मोहन सिं लामा, १५ मा दीपेश थिङ,  १६ मा कृष्ण राई र १७ नम्बर वाडमा सरिता मिश्रलाई उपाध्यक्षमा सिफारिस गरिएको फेला परेको छ । त्यसैगरी १८ नम्बर वडाको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको उपाध्यक्षमा र १९ नम्बर वडामा रीता तिमल्सिनाको नाम सिफारिस गरिएको पाइन्छ ।

स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको उपाध्यक्षमा नाममा पार्टी कार्यकर्तालाई जागिर खुवाउने काम भएको भन्दै हेटौंडा उपमहानगरपालिकाभित्रै असन्तुष्टि चुलिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कार्यकर्ता भर्ती, #मेयर मीनाकुमारी लामा, #स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको उपाध्यक्ष, #हेटौंडा उपमहानगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com