स्वास्थ्य तथा जनसंख्या उर्फ ढल मन्त्रालय !


काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ढल मन्त्रालयमा भएको छ । पछिल्लो समय यो मन्त्रालय ढलभित्र डुबुल्की मालिरहेकाले स्वास्थ्य लाइभको टिम स्वास्थ्य मन्त्रालयलाई ढल मन्त्रालयको संज्ञा दिन उपयुक्त ठान्छ ।

स्वास्थ्य मन्त्रालय पानी पर्न साथ ढलका कारण दुर्गन्धित बन्न थालेको छ । पानी परेपछि ढल मन्त्रालयमा छिर्न छिर्न नसक्ने अवस्था आउन थालेको छ । मानिसको स्वास्थ्यलाई ठिक पार्ने उद्देश्यले स्थापना भएको स्वास्थ्य मन्त्रालय ढल र अव्यवस्थाले महामारी फैल्याउने थलो बन्ने खतरामा पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको ढल समस्या समाधान गर्ने कुनै उपाय नभएकाले यो मन्त्रालय स्वास्थ्यबाट ढल मन्त्रालय बन्न पुगेको हो । ढल बोकेर बग्ने टुकुचा खाेला भन्दा मुनि स्वास्थ्य उर्फ ढल मन्त्रालय रहेको छ ।  स्वास्थ्यमा कृषि विकास बैंकदेखि, प्रहरी परिसर, सरकारी वकील कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंकसम्मकाे ढल पुग्ने गरेको छ । प्राविधिकले स्वास्थ्यको ढलको दीर्घकालीन समाधान छैन भनेकाले यो ढल मन्त्रालय बन्ने निश्चित छ ।

स्वास्थ्य मन्त्रालय  वरिपरिका घर उच्च हुनु र स्वास्थ्यकाे हाेचाे हुँदा समस्या देखिएको ढल मन्त्रालयका अधिकारीहरु बताउँछन् । पानी पर्दा ढल मन्त्रालय विदा गर्नु पर्ने अवस्था छ । देशका विभिन्न भागमा बर्षातमा महामारी जन्य राेग फैलने चिन्ताले राज्यको ढुकुटी सकेर देश दाैडाहामा लाग्ने मन्त्रालयका अधिकारी आफ्नै आँखाको अगाडिबाट महामारी फैलन लागेकाे विषयप्रति कतिपनि चिन्नतित छैनन् । उनीहरु स्वास्थ्य मन्त्रालयलाई ढल मन्त्रालयको रुपमै परिचित गराउन चाहन्छन् ।

स्वास्थ्य मन्त्रालय ढल मन्त्रालय बनेको विषय जनतामाफ पुर्याउन जरुरी देखिन्छ । यो विषयमा ढल मन्त्रालयका कर्मचारी  गैर जिम्मेवार छन् । मन्त्रालयकै बदनाम हुने अवस्था आउँदा पनि ढल मन्त्रालयका अधिकारीलाई ढल व्यवस्थापन गर्न कुनै चासो छैन । ढल मन्त्रालय पुन: स्वास्थ्य मन्त्रालयको हैसियतमा नफर्किएसम्म स्वास्थ्य लाइभले विरोध स्वरुप ढल मन्त्रालय उल्लेख गर्न उचित ठानेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #ढल मन्त्रालय, #स्वास्थ्य मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com