बंगलादेशमा अध्ययनरत रेजिडेन्टको स्टाइपेडको समस्या हल


काठमाडौं । नेपालबाट बंगलादेशमा गएर एमडी/एमएस गरिरहेका रेजिडेन्ट चिकित्सकहरुको स्टाइपेडको समस्या हल भएको छ । लामो समयदेखि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले राख्दै आएको माग हालै सम्बोधन भएको अधिकारीहरुले बताएका छन् । 

रेजिडेन्ट लाई स्टाइपेडको सम्बोधन गर्न नेपाल चिकित्सक संघ अन्तर्गत रहेको जेडीसीमा आवद्ध तत्कालीन बंगलादेशको संयोजक डा.राकेश साहलगायत अरू नेपाली चिकित्सकहरुले त्यहाँस्थित नेपाली राजदूत डा.वंशीधर मिश्रलाई दवाब दिएका थिए । माग सम्बोधन भएपछि डा.मिश्रलाई हिजो डा.साहले धन्यवाद समेत दिएका छन् ।

बंगबंधू शेख मुजीब मेडिकल विश्वविद्यालयमा एक सयबढी नेपाली विद्यार्थी एमडी/एमएसमा अध्ययनरत रहेको सोसाइटी फर नेप्लिज डक्टर्स अफ बंगलादेशका संस्थापक समेत रहेका डा.राकेश साहले बताए । बंगलादेशमा अध्ययनरत चिकित्सक विद्यार्थीलाई स्टाइपेडको व्यवस्था मिलाउन साहको अहम भुमिका रहेको छ। डा.साह अहिले कोलोरेक्टल सर्जनको हैसियतले नेपाल को विभिन्न अस्पताल मा कार्यरत छ।

डा.साहसँगै डा. सम्राट पराजुली, डा. सत्य प्रसाद कोइराला, डा.दिपक यादवलगायतको उत्तिकै भूमिका रहेको छ । विश्वविद्यालयले अब मासिक २० हजार टाका अर्थात् ३५ हजार नेपाली रुपैयाँ अगामी महिनादेखी उपलब्ध गराउने छ । यसले पनि नेपाली विद्यार्थीलाई ठूलो राहत मिल्ने डा.साह बताउँछन् । विश्वविद्यालय निर्णय र राजदूतावासको सक्रियतालाई बंगलादेशमा रहेको विद्यार्थीहरुले निकै ठूलो सफलताका रुपमा लिएका छन् ।

बंगबंधू शेख मुजीब मेडिकल विश्वविद्यालय त्यहाको एक मात्रै सरकारी मेडिकल विश्वविद्यालय हो । यहाँ ५० भन्दाबढी मेडिकल विद्याको पठनपाठन हुने गरेको छ । हरेक विद्यामा विदेशी दुईजना विद्यार्थीले पूर्ण छात्रावृत्ति समेत पाउने गरेका छन् । त्यसमा नेपाली विद्यार्थीहरु नै भएको साह बताउँछन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com