हातपातमा उत्रिएकी लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री वली प्रहरीको जिम्मामा


काठमाडौं । ‘प्रेमी’ भन्नेको घरमा प्रवेश गरेर श्रीमती र छोरीलाई हातपात गर्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीलाई प्रहरीसमक्ष जिम्मा लगाइएको छ ।

तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर राजमन्त्री वलीले बस्नेतको श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । राज्यमन्त्री वलीले एकराज निकाल भन्दै उनकी श्रीमती र छोरीमाथि हातपात गरेकी हुन् । राज्यमन्त्री नै घरमा छिरेर हातपात गर्न थालेपछि स्थानीय नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री वली र एकराजको प्रेम सम्बन्ध रहेको कुरा चर्चा चल्दै आएको छ । उनी प्रेमी खोज्दै घरमा गएर एकराजको छोरी र श्रीमतीमाथि हातपात गरेपछि यो कुरा थप चर्चामा आएको हो । एकराजको घरमा गएर वितण्डा मच्चाउने स्वास्थ्य राज्यमन्त्री वली अहिले प्रहरी नियन्त्रणमा पुगेपछि यो घटनाले नयाँ मोड लिएको छ । उनलाई कुटपिट अंगभंगमा मुद्दा चल्न सक्ने प्रवल सम्भावना रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com