मिस नेपालमा प्रियंका, मिस नेपाल अर्थमा चिकित्सक सरिषा


काठमाडौं । मिस नेपाल, २०२२ को उपाधि प्रियंका रानी जोशीले चुमेकी छिन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल, २०२२ को प्रतियोगिता २४ वर्षीय जोशी मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् । उनी पत्रकारितका विद्यार्थी समेत हुन् ।

त्यस्तै मिस नेपाल अर्थ, २०२२ को उपाधि चिकित्सक सरिषा श्रेष्ठले प्राप्त गर्न सफल भएकी छिन् । यो पटकको मिस नेपाल प्रतियोगितामा सहभागी ६ चिकित्सकमध्ये श्रेष्ठले मिस नेपाल अर्थको ताज पहिरिएकी छिन् । मिस नेपाल,२०२२ को प्रतियोगितामा सहभागी चिकित्सकहरु दिलाशा डोटेल, मेरिका बाँस्तोला, गंगा गुरुङ, यशस्वी श्रेष्ठ, आयुशनोभा ढुंगाना पछाडि पार्दै सरिषाले मिस नेपाल अर्थको ताज पहिरिएकी हुन् ।

मिस नेपाल इन्टरनेसनल, २०२२ को ताज भने न्यान्सी खड्काले पहिरिएकी छिन् । मिस नेपाल, २०२२ को प्रतियोगितामा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिषा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ प्रतिष्पर्धी थिए ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com